
कोलकाता, 29 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको हावड़ा जिल्लामा चिटफण्डको नाममा मानिसहरूबाट लाखौं रुपियाँ ठग्ने पार्थ हैत फेरि एकपटक भागेका छन्। पुलिसले आरोपीलाई खोजिरहेको छ।
पार्थ हैतमाथि आरोप छ, उनले हावड़ाको बागनान क्षेत्रमा चिटफण्ड कम्पनी चलाएर मानिसहरूबाट ठूलो धनराशि भेला पारे। तिनी पछिल्लो केही महिनादेखिको आफ्नी आमासित नैहाटीको गौर फाड़ी क्षेत्रमा भाड़ाको घरमा बस्दै आएको थियो। ठगीको शिकार भएका मानिसहरूलाई उनको यस नयाँ ठेगानाको बारेमा थाहा लागेपछि उनीहरूले त्यहाँ पुगेर विरोध गरे जस पश्चात यस सम्पूर्ण मामिलाको खुलासा भयो।
पुलिस अनुसार निवेशकहरूको एक समूहले गए शुक्रवार साँझ उनको घरमा पुगेर रड़ाँको मच्चाए। सूचना पाउनसाथ नैहाटी थानाबाट पुलिस टीम उनको घरमा पुग्यो। पार्थ हैतविरूद्ध चार लाख ठगी गरेको मामिला दर्ता छ। तिनले फेरि यो नयाँ घरलाई पनि छोड़ेर भागेका छन्।
पुलिसले उनको चिटफण्ड कम्पनीविरूद्ध अन्य स्थानहरूमा मामिला दर्ता छ कि छैन, त्यसको जाँच गरिरहेको छ। तथापि नैहाटी थानामा यस सम्बन्धमा अहिलेसम्म कुनै सिकायत प्राप्त भएको छैन।
नैहाटी थानाका एकजना वरिष्ठ अधिकारीले भने, हिजो अबेर साँझ उनीहरूलाई एउटा घर बाहिर व्यापक विरोध प्रदर्शन भइरहेको खबर प्राप्त भएको थियो। जाँचमा थाहा लाग्यो, उ त्यै आरोपी हो जो हावड़ामा वित्तीय ठगी गरेर यहाँ लुकेर बसेको थियो। घटनास्थलमा पुगेका पुलिसकर्मीहरूलाई देखेर उ फेरि भाग्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा