
कोलकाता, 29 नोभेम्बर (हि.स.)। कोलकाता पुलिस औ राज्यका अन्य पुलिस कमिश्नरेट क्षेत्रहरूका सबै थानाहरूलाई आगामी 9 दिसम्बरमा जारी हुने ड्राफ्ट मतदाता सूचीपूर्व सुरक्षा कड़ा बनाउने निर्देश दिइएको छ। आशंका व्यक्त गरिँदैछ, सूची जारी भएपछि स्थिति अनियन्त्रित हुनसक्छ।
यो निर्देश चुनाउ आयोगको तीन-चरणीय स्पेशल इन्टेन्सिभ रिभिजन (एसआईआर) प्रक्रियाको पहिलो चरण पूरा भएपछि जारी गरिएको हो। राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले पनि गत 25 नोभेम्बरको दिन उत्तर 24 परगनाको बनगाउँमा आयोजित आफ्नो विराट ‘एन्टी-एसआईआ ऱ्यालीमा आशंका व्यक्त गरेकी थिइन्, सूची प्रकाशित हुनसाथ “भयंकर अराजकता” फैलिनसक्छ।
उनले भनेकी थिइन्, बीएलओ एपमा फारम अपलोड गर्नमा खराब इन्टरनेटको कारणले समस्या भइरहेको छ साथै त्रुटिहरू बढ़िरहेका छन्। उनले यो पनि आरोप लगाएकी थिइन्, एसआईआर प्रक्रियामा एआईलाई प्रयोग गरी असली मतदाताहरूलाई हटाएर नक्कली नामलाई जोडिँदैछ।
राज्य पुलिसका एकजना वरिष्ठ अधिकारीले पुष्टि गरेका थिए, यदि ठूलो संख्यामा असली मतदाताहरूको नाम सूचीबाट मेटियो भने तनाउ बढ़्ने आशंका छ। त्यसैले सबै थानाहरूलाई पहिलाबाटै सतर्क गराउँदै स्थितिलाई सम्हाल्नको लागि आवश्यक कदम उठाउन भनिएको छ।
अधिकारी अनुसार नाम मेटाउने सन्दर्भमा हुनसक्ने सम्भावित विरोधलाई धैर्य अनि संयमले स्हाल्ने सल्लाह दिइएको छ। थानाहरूका ओसी तथा आईसीलाई आफू अधिनस्थ अधिकारीहरूलाई पनि स्पष्ट रूपमा दिशानिर्देश दिन भनिएको छ ताकि कुनै पनि प्रकारको अप्रिय घटनालाई रोक्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा