सिलगढ़ीमा ऋचा घोषको घरमा पुगे शुभेन्दु, गोल्डन गर्ललाई गरे सम्मानित
सिलगढ़ीमा ऋचा घोषको घरमा पुगे शुभेन्दु, गोल्डन गर्ललाई गरे सम्मानित


सिलगढ़ी, 29 नोभेम्बर (हि.स)। राज्यमा विपक्षका नेता शुभेन्दु अधिकारी गोल्डन गर्ल ऋचा घोषसित भेट गर्न सिलगढ़ी आइपुगे। शनिवार बिहान कोलकातादेखि बागडोगरा एयरपोर्टमा उत्रेपछि शुभेन्दुद अधिकारी सोझै सिलगढ़ीको सुभाष पल्लीस्थित ऋचाको घरमा पुगे। उनीसित दार्जीलिङका सांसद राजू बिष्ट, सिलगढ़ी विधायक शंकर घोष, डाबग्राम-फूलबाड़ी विधायक शिखा च्यटरी सहित स्थानीय भाजपा नेताहरू उपस्थित थिए।

यस भेटेमा शुभेन्दु अधिकारी र राजू बिष्टले ऋचालाई सम्मनित गर्दै फुल गुच्छा अनि उपहार प्रदान गरे। शुभन्दुले भिन्नै रूपमा गोल्डन गर्ललाई मिठाई खुवाए। विपक्षका नेता एवं सांसद तथा विधायकहरू स्वयं उनलाई स्वागत गर्नका लागि उनको घरमा आएकोमा ऋचा खुशी थिइन्।

पत्रकारहरूसित बातचित गर्दै शुभेन्दु अधिकारीले भने, ऋचाको सफलताले हजारौं युवाहरू विशेष गरी हाम्रा छोरीहरूको लागि एउटा बाटो देखाउनेछ जसले उनीहरूलाई सपना देख्न र फिल्डमा अघि बढ़्नको लागि मनोबल बढ़ाउनेछ। हामी ऋचाको लगातार सफलताको कामना गर्दछौं अनि आगामी दिनमा उनीबाट अझ राम्रो प्रस्तुतिको आशा राख्दछौं। अधिकारीले यो पनि भने, राज्य सरकारले ऋचाको नाममा सिलगढ़ीमा एउटा स्टेडियम बनाउनमा चासो देखाएको छ। उनले राज्य सरकारको यस पहललाई स्वागत गर्दै भने, सरकार सत्तामा केही दिनको लागि मात्र हो। त्यसैले स्टेडियम अहिले नै बनिए राम्रो हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande