
सिलगढ़ी, 29 नोभेम्बर (हि.स)। हालैमा उत्तर बंगालको आफ्नो भ्रमणावधि मुख्यमन्त्री ममता ब्यनर्जीले सिलगढ़ीमा एक भव्य मन्दिर निर्माण गर्ने घोषणा गरेकी थिइन्। सपालि विपक्षका नेता शुभेन्दु अधिकारीले कटाक्ष गर्दै भने, सरकारी रुपियाँले मन्दिर बनाउने काम सरकारको होइन।
शुभेन्दु अधिकारी शनिवार केही राजनीतिक कार्यक्रमहरूमा भाग लिनको लागि उत्तर बंगालको भ्रमणमा आएका छन्। यस दिन उनी बागडोगरा एयरपोर्टदेखि सोझै सिलगढ़ीमा भारतीय महिला क्रिकेट टीमकी सदस्य ऋचा घोषको घरमा पुगे। त्यहाँ उनले केही समय बिताएपछि पत्रकारहरूलाई सम्बोधन गरे। यस अवधि महाकाल मन्दिर बनाउने मुद्दामा शुभेन्दुले भने, ममता ब्यनर्जीको सरकारले आफ्नो ढुकुटीबाट मन्दिर बनाइरहेको छ। मन्दिर सरकारी रुपियाँले बनिँदैन। अयोध्यामा राम मन्दिर हिन्दुहरूको पैसाले बनिएको थियो। हिन्दू धर्मको राजनीतिक प्रयोग गर्न सकिँदैन। ममता ब्यनर्जी हिन्दू विरोधी हुन्। उनले हिन्दू धर्मलाई 'घृणित धर्म' भनेकी थिइन्। महाकुम्भलाई 'मृत्युकुम्भ' र राम मन्दिरको उद्घाटन भएको दिन विरोध मार्च निकालेकी थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा