लुटपाटकाण्डमा आरोपी पक्राउ
लुटपाटकाण्डमा आरोपी पक्राउ


नयाँ दिल्ली, 29 नोभे्म्बर (हि.स.)। उत्तर-पूर्वी जिल्लाको गोकुलपुरी थाना क्षेत्रमा भएको लुटपाटको घटनाको पुलिसले खुलासा गर्दै एकजना आरोपीलाई पक्राउ गऱ्यो। पक्रा पर्ने आरोपीको पहिचान मोहम्मद आकिब (26)- को रूपमा भएको छ। पुलिसले आरोपीको कब्जाबाट सेमी अटोम्याटिक पेस्तोल र दुई वटा जिउँदो कारतूस साथै चोरीको मोटरसाइकल जफत गरेको छ।

उत्तर-पूर्वी जिल्लाका पुलिस उपायुक्त आशिष मइश्राले शनिवार बताए, गत 17 नोभेम्बरको बिहान लगभग 9:30 बजे गोकुलपुरीस्थित यूके मिल्क एजेन्सीमा लुटपाटको घटना भएको थियो। पार्ट-टाइम काम गर्ने 16 वर्षीय नाबालिक छात्रले दोकानमा रुपियाँ गन्ती गरिरहेको थियो, यसै अवधि उपद्रवीहरूले दोकानभित्र पसेर हतियार देखाएर रुपियाँ लुटेर भागे। नाबालिकको बयानमा पुलिसले मुद्दा दर्ता गऱ्यो। पुलिस उपायुक्त अनुसार गत 27 नोभेम्बरको राती नाला रोड, गोकुलपुरीमा गस्ती भइरहेको बेला कन्स्टेबल आजहर अनि तुसारले एकजना संदिग्ध व्यक्तिलाई बाइकमा जाँदै गरेको देखेर रोके। जाँचमा उसको पहिचान न्यू मुस्तफाबाद निवासी मोहम्मद आकिबको रूपमा भयो। उसकोमा एउटा पेस्तोल र दुईवटा कारतूस पनि भेटियो। अग्रिम जाँचमा थाहा लाग्यो, उसको मोटरसाइकल मण्डावली क्षेत्रबाट चोरेको थियो। अझ कड़ाईपूर्वक जाँच गर्दा आरोपीले स्वीकार गऱ्यो, 17 नोभेम्बरको लुटकाण्डमा उ पनि सामेल थियो। उविरूद्ध पहिला पनि यस्तै काण्डमा ममिला दर्ता छ। हाल पुलिस उसको साथी अनि नेटवर्कको खोजीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande