
नयाँ दिल्ली, 29 नोभेम्बर (हि.स.)। वजीरपुरबाट आम आदमी पार्टी (आआपा)- का दुई पटकसम्म विधायक भएका राजेश गुप्ता शनिवार भारतीय जनता पार्टी (भाजपा)-मा सामेल भए। भाजपाका दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले पार्टी कार्यालयमा गुप्तालाई पटका पहिराएर सदस्यता ग्रहण गराए।
यस अवसरमा वीरेन्द्र सचदेवाले भने, हामी राजेश गुप्तालाई भाजपामा स्वागत गर्दछौं। उनले आआपमाथि गम्भीर आरोप लगाएका छन्। अन्ना आन्दोलनसित पनि जोड़िएका गुप्ता दश वर्षसम्म वजीरपुरबाट विधायक रहिसकेका छन्। तर अशोक विहार वार्डमा आआपले यस्तो व्यक्तिलाई टिकट दिएको छ जसलाई एक समयमा अरविन्द केजरीवाल स्वयंले कारण बताऊ नोटिस जारी गरेका थिए। आआपमा इमानदारीको लागि कुनै ठाउँ छैन, पैसा, भ्रष्टाचार आआपाको गहना भइसकेको छ जसबाट राजेश गुप्ता जस्तो कार्यकर्ता हैरान भएका थिए।
भाजपामा सामेल भएपछि पत्रकारहरूसित बातचित गर्दै राजेश गुप्ताले भने, “मैले उनलाई छोड़ेको होइन, उनले मलाई छोड़ेका हुन्। पार्टी बनिनअघि पनि आन्दोलन शुरू भएको बेलामा हामीले तीन वटा मुख्य सिद्धान्तमाथि कुरा गरेका थियौं- भ्रष्टाचार, अपराध औ चरित्र। यदि कनै व्यक्तिमा यीमध्ये एउटै पनि कमी पाइए पार्टीले उसलाई सपोर्ट गर्दैनथ्यो। टिकट दिनु त परको कुरा। आआपमा मेरो अहिले पनि कुनै साथी छैन, कोही गइसकेका छन्, कोही जानेवाला छन्। उनीहरूमध्ये धेरै जना अत्यन्त दुःखी छन्। मलाई लाग्छ, मानिसहरूसित धोका भइरहेको छ।”
उनले भने, अब आआपले ती मानिसहरूलाई परवाह गर्दैन जसले अन्नाको आन्दोलनमा आफ्नो नोकरी समेत छोड़ेका थिए। उनले भने, आआप छोड़्ने इच्छा धेरै जना कार्यकर्ताहरूमा छ, मलाई लाग्छ उनीहरूले छोड़्नु पनि पर्छ। पार्टीले आफ्नो समर्पित कार्यकर्ताहरूलाई प्रयोग गरी फालिदियो। उनले भने, पार्टीका अन्य कार्यकर्ताहरू पनि यस्तो ठाउँमा जानुपर्छ जहाँ उनीहरूलाई सम्मान प्राप्त होस्। यस्तो पार्टीमा बस्नुको कुनै औचित्य छैन जहाँ समर्पणको कुनै मूल्य हुँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा