कलियाबरमा जंगली हात्तीको हमलामा युवकको मृत्यु
कलियाबरमा जंगली हात्तीको हमलामा युवकको मृत्यु


नगाउँ (असम), 29 नोभेम्बर (हि.स.)। कलियाबरको कामाख्या क्षेत्रमा गए शुक्रवार राति लगभग 9 बजी जंगली हात्तीको हमलामा परी 32 वर्षीय एक जना युवकको मृत्यु भयो। मृतक युवकको पहिचान स्थानीय भुवन उपनाम धुन बरदलैको रूपमा भएको छ जो पेशाले बढ़ई थिए।

जानकारी अनुसार राति अँध्यारोमा कामाख्या गाउँको धान खेतमा जंगली हात्तीहरूको बथानै पसेको थियो। हात्तीहरूलाई लखेट्नको लागि धुन बरदलै अंध्यारोमा घरदेखि हिँड़े, यसै अवधि एउटा जंगली हात्तीले अचानक तिनीमाथि हमला गऱ्यो। हात्तीले पहिला तिनलाई सुँड़ले बेरेर पछाऱ्यो, त्यसपछि खुट्टाले कुल्चियो जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो। युवकको आकस्मिक मृत्युले सम्पूर्ण क्षेत्रमा शोक छाएको छ। उल्लेखनीय छ, कलियाबारका विभिन्न क्षेत्रहरूमा जंगली हात्तीहरूको बढ़्दो उत्पात स्थानीय मानिसहरूको जीवन अनि सम्पत्तिको लागि खतरा भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande