युवकको गोली दागी हत्या, आरोपी पक्राउ
युवकको गोली दागी हत्या, आरोपी पक्राउ


नयाँ दिल्ली, 29 नोभेम्बर (हि.स.)। शाहदरा क्षेत्रमा गए शुक्रवार अबेर राती एकजना युवकको गोली दागी हत्या गरियो। पुलिस अनुसार राती लगभग 11:09 बजे थाना शाहदरालाई सूचना प्राप्त भयो, भी-ब्लकस्थित छोटु हलवाईको दोकान नजि एकजना व्यक्तिको गोली ठोकी हत्या गरिएको छ।

सूचना पाउनसाथ घटनास्थलमा पुलिस टीमले गोली लागेर घाइते भएको युवक जसको पहिचान गगन आही (27)-को रूपमा भएको छ जो क्षेत्रको घोषित अपराधी (बीसी) हो-लाई तत्कालै जीटीबी अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले उसलाई मृत्त घोषित गरिदिए। उसको दाहिने कनपटीमा गोली लागेको थियो। प्राथमिक जाँचमा खुलासा भयो, मोटरसाइकल सवार दुईजना आरोपीहरूले उसमाथि गोली चलाएको आशंका छ। पुलिसले एकजना आरोपीलाई हिरासतमा लिएको छ साथै घटनामा प्रयोग गरिएको मोटरसाइकलाई पनि जफत गरेको छ। दोस्रो आरोपीको खोजी जारी छ। पुलिस अधिकारीहरू मुताविक मृतक गगनको हालैमा यी दुई आरोपीहरूसित झगड़ा भएको थियो। गए शुक्रवार राती आपस्तमा सम्झौता गर्नको लागि यिनीहरू भेट भएका थिए। यसै अवधि घटनालाई परिणाम दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande