
गान्तोक, 29 नोभेम्बर (हि.स.)। सिक्किम पब्लिक सर्विस कमिशन (एसपीएससी) ले आयोजना गरेको सब-इन्स्पेक्टरको परीक्षा विवादको घेरामा परेको छ। राज्यका विभिन्न राजनीतिक दलहरूले एसपीएससीद्वारा आयोजित परीक्षालाई केन्द्र गरेर सिक्किम सरकारको तीव्र आलोचना गरिरहेका छन्। विपक्षीहरूले परीक्षामा धॉंधली, भाइभतीजावाद, परिवारवाद र पार्टी हस्तक्षेप भएको गम्भीर आरोप लगाइरहेका छन्।
यस क्रममा भारतीय जनता पार्टी (भाजपा) सिक्किमले पनि एसपीएससीद्वारा आयोजित परीक्षाबारे आरटीआई गरेको छ। प्रदेश भाजपाले परीक्षाको चयन प्रक्रिया र केही उम्मेदवारहरूलाई लिएर गम्भीर प्रश्न उठिरहेको बताएको छ। प्रदेश भाजपाले पार्टी युवाहरूको साथमा रहेको बताउॅंदै एसपीएससीबाट पूर्ण पारदर्शिताको माग गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल