
गान्तोक, 29 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको गान्तोक जिल्ला परिषदले आज रानीपुलमा जिल्ला कार्यकारी समितिको बैठक आयोजन गऱ्यो। पार्टी अध्यक्ष गणेश कुमार राईको उपस्थितिमा आयोजित बैठकको उद्देश्य तृणमूल समन्वयको सुदृढिकरण र जन संलग्नता सुनिश्चित गर्नु रहेको आज जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकमा गान्तोक जिल्ला परिषदले पार्टी अध्यक्षप्रति उनको नेतृत्व र मार्गदर्शनको लागि कृतज्ञता व्यक्त गरेको छ। यसैगरी, परिषदले बैठक सुचारू एवं सफल सञ्चालन सुनिश्चित गर्न सबै जिल्ला नेतृत्वहरूको समर्पण र कडा परिश्रमको पनि सराहना गऱ्यो।
बैठकमा जिल्ला परिषद्ले एकता, पारदर्शिता र सेवामुखी कार्य परिषद्को भविष्यका गतिविधिहरूलाई निर्देशित गर्ने मुख्य मूल्यमान्यताहरू रहिरहने बताए।
हिन्दुस्थान समाचार / बिशाल