
नयाँ दिल्ली, 29 नोभेम्बर (हि.स.)। दिल्लीमा प्रदूषण जोखिमपूर्ण स्तरमा पुगेपछि कांग्रेस पार्टीले भारतीय जनता पार्टी सरकारलाई जिम्मेवार ठहर गरेको छ। कांग्रेस नेता सन्दीप दीक्षितले भने, दिल्लीमा प्रदूषणको मुख्य कारण पराल जलाउनु वा दिवालीमा पटाका पड्काउनु नभए खराब सड़क र कमजोर सार्वजनिक यातायात ढांचा हो।
शनिवार कांग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा दीक्षितले भने, दिल्लीमा प्रदूषण वर्षभरि नै रहन्छ तर नोभेम्बर र दिसम्बरमा चिसो र कुहिरो लागेको कारण प्रदूषक कण जमीनको नजिक पुग्छ, जसले गर्दा वायुको गुणस्तर अझ् बिग्रन्छ। उनले आरोप लगाए कि वास्तविक कारणहरूमाथि ध्यान नदिएर सरकारहरूले एक-अर्कामाथि दोषारोपण गर्नेगर्छन्।
उनले भने, दिल्लीको प्रदूषणमा सवारी साधनले 30 देखि 45 प्रतिशत योगदान पुर्यानउँछ, जबकि सवारी साधनको तकनीक बीएस-3 देखि बीएस-6 सम्म उन्नत भएपछि उत्सर्जनमा उल्लेखनीय कमी आएको छ। तरैपनि वायुको गुणस्तर बिग्रँदै गइरहेको छ। यसको मुख्य कारण दिल्लीका सडकहरूको खराब अवस्था हो, जसले गर्दा दिनको समयमा सवारी साधनको औसत गति 20-25 किलोमिटर प्रति घण्टा र साँझमा 10-15 किलोमिटर प्रति घण्टा रहन्छ, जसले प्रदूषणलाई साढे दुई गुणाले बढाउँछ। कांग्रेसको शासनकालमा सड़कहरूको अवस्था राम्रो थियो र सवारी साधनको औसत गति 35-50 किलोमिटर प्रति घण्टा थियो, जसले प्रदूषणलाई नियन्त्रणमा राखेको थियो।
दीक्षितले भने, दिल्लीमा वर्तमान र विगतका सरकारहरूको नीतिगत असफलताका कारण आज वायुको गुणस्तर 'खराब' देखि 'गम्भीर' सम्म पुग्नेगर्दछ। केही बसहरूलाई विद्युतीकरण गर्नाले कुनै उल्लेखनीय सुधार हुनेछैन। प्रदूषण नियन्त्रणका लागि सम्पूर्ण बस फ्लीटलाई विद्युतीयमा रूपान्तरण गर्न आवश्यक छ, त्यसपछि मात्र वायुको गुणस्तरमा सुधार सम्भव छ। दिल्लीलाई प्रदूषण संकटबाट बचाउन सड़क ढांचामा सुधार र व्यापक स्तरमा विद्युतीय सार्वजनिक यातायात आवश्यक छ अन्यथा अवस्था झनै बिग्रनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी