
विष्णुपुर, 29 नोभेम्बर (हि.स.)। कोतुलपुरमा एक जना भाजपा कार्यकर्तालाई मृत्त अवस्थामा भेटिएपछि क्षेत्रमा तनाउ व्याप्त भएको छ। मृतकको पहिचान सुमन मण्डल (32)-को रूपमा भएको छ। जानकारी अनुसार कोतुलपुरको पहाड़पुर निवासी सुमन मण्डल इंडस चार नम्बर मण्डलका भाजपा अध्यक्ष रहिसकेका थिए। स्थानीय मानिसहरूले उनको हत्या भएको आशंका व्यक्त गरेका छन्।
घटना अबेर राति भएको बताइँदैछ। बिहान सबेरै स्थानीय मानिसहरूले उक्त मार्ग भएर हिँड़डुल गरिरहेको समय सड़क किनार खेतमा उनको रगताम्मे शव देखे। त्यसपछि स्थानीय मानिसहरूले तुरून्तै पुलिसलाई सूचित गरे। प्रत्यक्षदर्शीहरूको भनाइ छ, गए राति क्षेत्रमा केही संदिग्ध मानिसहरूको आवागमन भइरहेको देखिएको थियो जसबाट हमलाकारीहरूले अँध्यारोको मौका छोपी घटनालाई परिणाम दिएर भागेको आशंका अझ् गहिरिन्छ।
यस विषयमा भाजपाका बिष्णुपुर जिल्ला अध्यक्ष सुजीत अगस्तिले भनेका छन्, उनी पार्टी कार्यकर्ताहरूसित मृतकको घरमा गइरहेका छन्। पुलिस अधिकारीहरूसित भेट गरी यस घटनाको निष्पक्ष जाँच गर्ने माग गर्नेछौं। उनले भने, यस्तो गम्भीर घटनाको पछाड़ी लुकेका मानिसहरूलाई चाँड़ै पक्राउ गर्नुपर्छ।
पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर जाँच शुरू गरेको छ। राजनीतिक शत्रुताको सम्भावनाको जाँच गरिँदैछ साथै पारिवारिक अशान्तिको समस्या पनि कारण हुनसक्छ। तथापि अधिकारीहरूको भनाइ छ, जाँचपछि नै स्पष्ट जानकारी प्रकाशमा आउनेछ। क्षेत्रमा व्याप्त तनाउलाई मध्यनजर गर्दै अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा