
गुवाहाटी, 29 नोभेम्बर (हि.स.)। महानगरको गोरचूक पुलिसले गुप्त सूचनाको आधारमा अभियान चलाएर नकली नोटको कारोबारमा सामेल तीन आरोपीलाई पक्राउ गरेको छ।
पुलिसले शनिवार जानकारी गराएको छ, गोरचुक पुलिस थानाको एक पुलिसले आइएसबीटी निकट 10 लाख रुपियाँ मूल्यको नक्कली भारतीय मुद्रा (एफआईसीएन) को खेप जफत गरेको छ। यसपछि गोरोईमारीका तीन अपराधीहरूलाई पछ्याएर पक्राउ गरियो। पक्रा पर्ने संदिग्धहरूको पहिचान रोबिउल अली (28), मुजम्मल खान (28) र अबुल कलाम आजाद (22) को रूपमा गरिएको छ।
अभियानमा पुलिसले एउटा मोटरसाइकल र एउटा स्कूटी पनि जफत गरेको छ। आरोपीहरूदेखि 10 लाख रुपियाँ मूल्यको नक्कली भारतीय मुद्रा जफत गरिएको छ। घटनाको सम्बन्धमा एक प्राथमिकी दर्ता गरिएको छ र पक्रा परेका तीन संदिग्धहरूसँग गहन सोधपुछ भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी