
गान्तोक, 29 नोभेम्बर (हि.स.)। राजस्थान युनाइटेड एफसी '41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025' को विजेता बनेको छ। राजधानीको पाल्जोर स्टेडियममा आज सम्पन्न फाइनलमा राजस्थान युनाइटेडले एक अति नै रोमाञ्चक खेलमा प्रतिद्वन्दी दल सर्विसेस् एफटीलाई 1-0 गोलले पराजित गर्दै उपाधि आफ्नो नाम गऱ्यो।
सिक्किम फुटबल एसोसिएशनले आयोजना गरेको 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 मा कुल 16 फुटबल क्लबहरूले भाग लिएका थिए। सर्विसेस् एफटीले यस टुर्नामेन्टमा आफ्नो यात्रा पहिलो चरण र राजस्थान युनाइटेड एफसी दोस्रो चरण (प्री क्वार्टर फाइनल) देखि शुरू गरेको हो। दुवै दलले शुरूदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै फुटबलप्रेमी दर्शकहरूको मन जित्न सफल बन्यो।
शनिवार सम्पन्न भएको फाइनल खेल हेर्न आउने फुटबलप्रेमीहरूको पाल्जोर स्टेडियममा उत्साहजनक उपस्थिति देखियो। राज्यपाल स्वर्ण कपमा दुवै फुटबल दल नयॉं रहेकाले दर्शकहरूले पनि उत्कृष्ट खेल प्रदर्शनको आधारमा समानरूपमा समर्थन गरेको देखियो। यद्यपि, सेमिफाइनलमा राजस्थान युनाइटेड एफसी र सिक्किम ड्रेगन्स एफसीबीच भएको झगड़ापछि आज दर्शकहरूले राजस्थान युनाइटेडका खेलाड़ीहरूको हौसला बढ़ाउने कार्य गरेको महसुस भयो।
राजस्थान युनाइटेड एफसीको तर्फबाट एकमात्र निर्णायक गोल खेलकाे दोस्रो हाफमा भएकाे थियाे। दुवै दलका खेलाड़ीहरूले गोल गर्ने निक्कै प्रयास गर, तर खेल 1-0 को अन्तरमा समाप्त भयो।
आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए। यसैगरी, विधानसभा अध्यक्ष एमएन शेर्पा, मन्त्रीगण, विधायगण तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति थियो। मुख्यमन्त्री लगायत अतिथिहरूको बाहुलीद्वारा विजेता र उपविजेता दललाई ट्रफी हस्तान्तरण गरियो।
हिन्दुस्थान समाचार / बिशाल