महिलासंग दुर्व्यवहार, दुई दाज्यु-भाईमाथि केस दर्ता
महिलासंग दुर्व्यवहार, दुई दाज्यु-भाईमाथि केस दर्ता


महोबा, 29 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको महोबामा दुई प्रभावशाली दाज्यू-भाइको व्यवहारले आहत एक महिलाले अन्य बासिन्दाहरूसँग कोतवाली पुगेर पुलिसलाई शिकायत पत्र सुम्पेर कारबाहीको माग गरेकी छन्। पुलिसले शिकायतको आधारमा आरोपी दाज्यु-भाई विरूद्ध मुद्दा दर्ता गर्दै मामिलाको छानबीन शुरू गरेको छ।

जिल्ला मुख्यालयको गान्धी नगर स्थित पस्तोर गलीकी निवासी पीड़िताले पुलिसलाई दिएको शिकायतमा बताइन्, दबंग छिमेकी दाज्यु-भाइले उनीसित दुर्व्यवहार गर्ने गरेको र हरेक दिन अपशब्द प्रयोग गरी ज्यानमारा धम्की दिनेगर्छन्।

विगतमा उनले दबंगहरूको व्यवहारले दिक्क भएर पुलिससित शिकायत गरिन् तर सख्त कारबाही नभएको कारण दबंगहरूको मनमानी झनै बढ़ेको छ। घटनालाई गम्भीरतापूर्वक लिँदै पुलिसले अभियुक्त हिमांशु र विवेक विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरेको छ। शनिवार कोतवाली इन्चार्ज इन्स्पेक्टर मनिष कुमार पाण्डेले महिलाको शिकायतमा दुई जना अभियुक्त विरुद्ध मुद्दा दर्ता गरिएको र घटनाको अनुसन्धान भइरहेको बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande