मुख्यमन्त्रीले राजस्थान युनाइटेड एफसीलाई हार्दिक बधाई दिए
मुख्यमन्त्रीले राजस्थान युनाइटेड एफसीलाई हार्दिक बधाई दिए


गान्तोक, 29 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 को विजेता राजस्थान युनाइटेड एफसीलाई हार्दिक बधाई दिएका छन्। राजधानीको पाल्जोर स्टेडियममा आज सम्पन्न फाइनलमा राजस्थान युनाइटेडले प्रतिद्वन्दी सर्विसेस् एफटीलाई 1-0 गोलले पराजित गर्दै उपाधि आफ्नो नाम गऱ्यो।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा राजस्थान युनाइटेड एफसीलाई जितको बधाई दिएका छन्। उनले दुवै दल र खेलाड़ीहरूका उत्कृष्ट प्रदर्शनको सराहना गर्दै उनीहरूका प्रस्तुतिले खेल स्मरणीय बनेको बताएका छन्।

यस अतिरिक्त, मुख्यमन्त्रीले यस प्रतिष्ठित टुर्नामेन्टलाई सफल तुल्याउन अथक परिश्रम गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande