
नयाँ दिल्ली, 29 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री संग्रहालय र पुस्तकालय (पीएमएमएल) ले आफ्ना दुर्लभ दस्तावेजहरूको पहुँच टाढ़ासम्म पुऱ्याउनका लागि रिमोट एक्सेसको सुविधा शुरू गरेको छ। यस सुविधाले अब भारतीय इतिहासमाथि सोध गर्ने छात्रहरू संस्थानका ढाई करोड़भन्दा पनि बढ़ी दस्तावेजहरूलाई हेर्नसक्नेछन्। यसको निम्ति एक नयाँ आईटी प्लेटफार्म बनाइएको छ। शोधार्थीहरूले पहिले यस प्लेटफार्ममा पंजीकरण गर्नुपर्नेछ र फेरि जुन दस्तावेजहरू हेर्न चाहन्छन्, त्यसको अनुरोध गर्नुपर्नेछ। अनुमति पाइएपछि दस्तावेज उनीहरूको कम्प्यूटरमा केवल हेर्नका लागि उपलब्ध गराइनेछ। उनीरूलाई अब पीएमएमएलको अफिस आउने आवश्यकता पर्नेछैन।
उल्लेख्य, पीएमएमएलमा आजादीपछि सबै प्रधानमन्त्रीहरूसित जोड़िएको दस्तावेज र सामग्री राखिएको छ। यहाँ 1300 भन्दा बढ़ी व्यक्तिहरू र संस्थाहरूका कूल 2.5 करोड़भन्दा पनि बढ़ी दुर्लभ दस्तावेज सुरक्षित छन्। आधुनिक र समकालीन भारतीय इतिहासमाथि शोध गर्ने विद्वान यिनीहरूको उपयोगको निम्ति यहाँ आउछन्। यहाँ राखिएका दुर्लभ दस्तावेजहरूमा पत्र, भाषण, डायरी, समाचारपत्रको कटिङलाई सुरक्षित राख्न र शोधार्थीहरूसम्म पऱ्याउनका लागि एक ठूलो डिजिटलीकरण अभियान चलाइएको थियो। यस अभियान अन्तर्गत अधिकतर जरूरी दस्तावेज डिजिटल रूपमा परिणत गरी सिस्टममा हालिएको छ र अब शोधार्थीले उनीहरूलाई अनलाइन हर्नेसक्नेछन्।
पीएमएमएलका निदेशक अश्विनी लोहेनीले शनिवार बताए, डिजिटल आर्काइव्सको यो शुरूआत तकनीकको उपयोग गर्दै महत्वपूर्ण दस्तावेजहरूलाई सुरक्षित राख्ने र शोधार्थीहरूलाई घर बसेर जानकारी उपलब्ध गराउने दिशामा एक ठूलो कदम हो। यो सुविधा शोधकर्ताहरूका लागि धेरै मद्दतगार प्रमाणित हुनेछ र देशको एतिहासिक धरोहरलाई सुरक्षित राख्नमा महत्वपूर्ण भूमिका निभाउनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी