
बेङ्गलुरू, 29 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री सिद्धारमैया र उपमुख्यमन्त्री डीके शिवकुमारले आज कर्नाटकमा कांग्रेस सरकारको सत्ता नेतृत्व परिवर्तनलाई लिएर राजनीतिक अफवाहहरू र आन्तरिक असन्तोषलाई एक स्वरमा खारेज गरेका छन्। शनिवार मुख्यमन्त्रीको कावेरी निवासमा एक संयुक्त संवाददाता सम्मेलनमा मुख्यमन्त्री सिद्धारमैया र उपमुख्यमन्त्री डीके शिवकुमारले एक स्वरमा पत्रकारहरूसित खुल्लेर कुराकानी गरे।
संवाददाता सम्मेलनमा सिद्धारमैयाले भने, कसैले बाहिरबाट अनावश्यक भ्रम फैलाइरहेको छ। हामीबीच कुनै मतभेद छैन। वर्ष 2028 को चुनाउ महत्वपूर्ण छ। जुन प्रकारले हामीले 2023 मा साथ मिलेर काम गऱ्यौं, हामी भविष्यमा पनि साथ मिलेर काम गरिरहनेछौं। केन्द्रमा शीतकालीन सत्रको पृष्ठभूमिमा हाईकमानले हामीलाई राज्यको मुद्दा सुल्झाउनु भनेको छ। हामीले पनि हाईकमानको निर्देशहरूको पालना गर्ने फसेला गरेका छौं। भोलीदेखि कुनै अन्योलता रहनेछैन।
पत्रकार सम्मेलनमा उपमुख्यमन्त्री डीके शिवकुमारले स्पष्ट पारे कि हामीबीच कुनै गुटबाजी छैन। यदि कुनै एक गुट छ भने त्यो हो कांग्रेस गुट। मुख्यमन्त्री र म पूरा एकजुटताको साथ काम गरिरहेका छौं। 2028 मा पनि सत्तामा कांग्रेसको सरकार ल्याउनु हाम्रो लक्ष्य हो। उनले थप भने, 2029 को लोकसभा चुनाउमा पनि कर्नाटकबाट राहुल गान्धी र मल्लिकार्जुन खड़गेलाई अझ् बल दिनेछौं।
हिन्दुस्थान समाचार / भवानी थामी