टुङ नागा गाउॅंका जीएलओएफ प्रभावित परिवारहरूको पुनर्वासलाई लिएर समन्वय बैठक सम्पन्न
टुङ नागा गाउॅंका जीएलओएफ प्रभावित परिवारहरूको पुनर्वासलाई लिएर समन्वय बैठक सम्पन्न


मङ्गन, 29 नोभेम्बर (हि.स.)। मङ्गन जिल्ला प्रशासनले आज अप्पर नागाको रिल पुर्तममा टुङ नागा गाउॅंका जीएलओएफ प्रभावित स्थानीय मानिसहरूको पुनर्वासलाई लिएर एक समन्वय एवं जन सभा आयोजन गरियो। बैठकको आयोजना जारी पुनर्वास पहलहरूको समीक्षा गर्नु, लम्बित चुनौतीहरूलाई सम्बोधित गर्नु र प्रभावित परिवारहरूको दिगो पुनर्वास सुनिश्चित गर्न समन्वित अन्तर विभागीय दृष्टिकोण सुनिश्चित गर्नु रहेको थियो।

बैठकको अध्यक्षता मन्त्रीद्वय साम्डुप लेप्चा र पिन्चो नामग्याल लेप्चाले संयुक्तरूपमा गरेका थिए। मन्त्री पिन्चो नामग्याल लेप्चाले आफ्नो सम्बोधनमा प्रभावित परिवारहरूले झेल्नु परेका भावनात्मक र भौतिक कठिनाईहरू उल्लेख गर्दै उनीहरूप्रति ऐक्यबद्धता प्रकट गरे। उनले मुख्यमन्त्रीद्वारा अटल समर्थन प्राप्त भइरहेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे। उनले सुरक्षित भोलिका लागि सही योजना कार्यान्वयनको आवश्यकतामाथि जोड दिॅंदै जनसाधारणलाई पुनर्वास प्रक्रियामा सक्रिय सहभागिताको लागि आह्वान गरे।

यसैगरी, मन्त्री साम्डुप लेप्चाले संकटको घडीमा टुङ नागाका जनताले प्रदर्शित गरेका सामूहिक शक्ति र एकताको सराहना गरे। उनले पुनर्वास अनुमोदन प्रक्रियामा झेल्नु परेका चुनौतीहरूको जानकारी गराउॅंदै अब पुनर्वास योजना औपचारिक रूपमा अनुमोदन भइसकेको घोषणा गरे। उनले सम्बन्धित विभागद्वारा डीपीआर बुझाएपछि पुनर्वास योजना र सिक्किम गरीब आवास योजना अन्तर्गत नयॉं घरहरू निर्माण गरिने जानकारी गराए। उनले समन्वित राज्यस्तरीय समर्थन र उत्तर सिक्किमका जनताको कल्याणलाई प्राथमिकता दिएकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिए।

यस अघि, जिल्लापाल अनन्त जैनले जमिन अधिग्रहणबारे विस्तृत रूपमा जानकारी गराउॅंदै अक्टोबर 2023 मा जीएलओएफको घटना र जून 2024 को बादल फाटेको घटनामाथि प्रकाश पारेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande