नदियामा बीएसएफमाथि हमला, आत्मरक्षामा बंगलादेशी तस्कर मारियो
नदियामा बीएसएफमाथि हमला, आत्मरक्षामा बंगलादेशी तस्कर मारियो


नदिया, 30 नोभेम्बर (हि. स.)। जिल्लामा बंगलादेशी तस्करहरूले दक्षिण बगाल सीमान्तको 32औं बटालियनको बीओपीमा तैनाथ बीएसएफ जवानहरूमाथि हमला गरे। जवानहरूले सयंम अप्नाउँदै हमलालाई रोक्ने चेष्टा गरे। आत्मरक्षामा चलाइएको गोलीले एकजना बंगलादेशी तस्करको मृत्यु भयो। घटनास्थलबाट एउटा कटर, चार वटा धारिलो हतियार, 96 बोतल फेन्सिडिल र दुई बोतल मदिरा जफत गरिएको छ।

प्राप्त जानकारी अनुसार गए 29 नोभेम्बरको भोर बिहान लगभग 3:55 बजे बीएसएफको 32औं बटालियनका जवानहरूले सीमा बार नजिक सातजना भारतीय तस्करहरूलाई प्लास्टिकको प्याकेट फ्याँक्दै गरेको देखे। अर्कोतिर उपस्थित बंगलादेशी तस्करहरूले ती प्याकेटहरूलाई उठाइरहेका थिए। जवानहरूले उनीहरूलाई रोकिने चेताउनी दिँदै एक राउण्ड हवाई फायर गरे, तर त्यसको कुनै प्रभाव परेन। स्थितिलाई नियन्त्रण गर्नको लागि अगाड़ि बढ़ेका जवानहरूले देखे, बंगलादेशी तस्करहरू धारिलो हतियारले लैस थिए। खतरालाई मध्यनजर गर्दै जवानहरूले खाली म्यागजिनको सट्टा असली कारतूस भएको म्यागजिन लगाए। यसै अवधि तस्करहरूले जवानहरूमाथि हमला गरे। एकजना तस्करले दाउले प्रहार गऱ्यो जुन जवानको हतियारको फ्रण्ट ह्याण्डलमा लाग्यो। धक्का-मुक्का हुँदा अन्जानमा ट्रिगर दबियो अनि गोली चल्यो। दुर्भाग्यवश एकजना बंगलादेशी तस्करलाई गोली लागेर मुर्छा परी भुइँमा ढल्यो। गोली चलेको देखेर अन्य तस्करहरू डराए अनि आफ्नो घाइते साथीलाई लगभग 50-60 मीटरसम्म घिसारेर लगे। तर जलमग्न क्षेत्रमा पुगेपछि उसलाई त्यहीँ छोड़ेर उनीहरू भागे।

घाइते तस्करलाई बीएसएफले तत्काल कृष्णगञज अस्पतालमा पुऱ्याो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। जफत गरिएको सामान र शवलाई अग्रिम कानूनी कारबाहीको निम्ति कृष्णगञ्ज थानामा सुम्पिइएको छ। पुलिसले मामिलामा एफआईआर दर्ता गरेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande