पश्चिम बंगालमा आरक्षी परीक्षामा जालझेल गर्ने गिरोहको धनबाद पुलिसले गऱ्यो भण्डाफोर, 22 जना आरोपी समातिए
पश्चिम बंगालमा आरक्षी परीक्षामा जालझेल गर्ने गिरोहको धनबाद पुलिसले गऱ्यो भण्डाफोर, 22 जना आरोपी समातिए


धनबाद, 30 नोभेम्बर (हि.स.)। झारखण्ड पुलिसले पश्चिम बंगाल आरक्षी भर्ती परीक्षामा जालझेल गर्ने एउटा ठूलो गिरोहको भण्डाफोर गरेको छ। पुलिसले यस मामिलामा 22 जना आरोपीहरूलाई पक्राउ गरेको छ।

पुलिस अनुसार धनबाद जिल्लाको तेस्रो थाना क्षेत्रमा एन्टी क्राइम चेकिंग अवधि पुलिसले संदिग्ध स्कर्पियो वाहनलाई रोक्यो। जाँचबुझमा थाहा लाग्यो, गिरोहले झरियाको बन्धन लजमा विद्यार्थीहरूलाई परीक्षाको प्रश्न पत्र पढ़ाउने अनि नक्कल गर्ने तयारी गरिरहेको थियो।

त्यसपछि पुलिसले लजमा छापा मारेर 22 जना मानिसहरूलाई हिरासतमा लिएको छ ज समध्ये 14 जना विद्यार्थी (सबै पश्चिम बंगाल निवासी), 1 जना ऱ्याकेटको सदस्य, 1 जना ड्राइभर, 5 जना टेन्ट हाउस कर्मचारी, 1 जना होटल संचालक सामेल छन्।

पुलिस अनुसार स्थानीय आरोपी मुख्यतः टेन्ट हाउस र होटलसित जोड़िएका मानिसहरू रहेका छन्। पुलिसको छापामारीमा जफत गरिएका सामानहरूमा 272 एडमिट कार्ड, 70 मोबाइल फोन, पहिचान पत्र, एटीएम कार्ड, पासबुक, नोटबुक, ब्लूटूथ डिभाइस, मोबाइल चार्जर, लगभग 40 घड़ी, 10 सुनको चेन र अन्य दस्तावेज सामेल छन्।

पुलिसले सबै आरोपीहरूसित जाँचबुझ गर्न शुरू गरेको छ। मामिलाको अग्रिम कारबाही जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande