भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन
bgpm


तीनधारे, 30 नोभेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठनको लागि शिवखोलामा सांगठनिक सभा सम्पन्न भएको छ।‌ उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सचिव एवं खरसाङ महकुमा समितिको सदस्य सीबी राईको अध्यक्षतामा सम्पन्न भयो।

सभामा तीनधारे महानदी समष्टिको पर्यवेक्षक एवं सभासद प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति केन्द्रीय उपाध्यक्ष निरेन लामा, सिमरिङ बुथबाट सभापति डीबी सुब्बा, सिपाहीधुरा बुथबाट राजीव राई, नरबुङ बुथबाट संयोजक प्रणय देवान आदिले वक्तव्य राखेका थिए। शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठनको लागि चयन गरिएका संयोजक सह संयोजकहरुले वक्तव्य राखे।

सभामा शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन गरियो। उक्त कमिटीमा सभापति प्रणय देवान, सचिव अनिरा तामाङ र अन्य पदाधिकारीहरु चयन गरिएको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिका संयोजक राजेस थापाले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande