झाँसीः पोस्टमर्टम हाउसमा राखिएको लाशहरूको आँखा र कान हरायो, मामिलाको जाँच शुरू
झाँसीः पोस्टमर्टम हाउसमा राखिएको लाशहरूको आँखा र कान हरायो, मामिलाको जाँच शुरू


झाँसी, 30 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको झाँसी जिल्लामा अवस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजको पोस्टमर्टम हाउस आफ्नो कार्यशैलीको कारण सदैव विवादले घेरिएको हुन्छ। गए शनिवार पोस्टमर्टम हाउसमा राखिएको महिलाको शवको आँखा र कान मुसाले खायो। शवमाथि साङ्गलो हिँड़िरहेको देखियो। पोस्टमर्टम पछि परिवार शव लिन त्यहाँ पुग्दा त्यहाँको दृश्य देखेर दंग भए। उनीहरूले बबाल मचाए। साथै लापरवाही गरेको आरोप लगाए। मेडिकल कलेज प्रशासनले आइतवार मामिलाको चार सदस्यीय कमिटी गठन गरी जाँच शुरू गरेको छ।

गुरसरायको सिरबो गाउँ निवासी क्रान्ति देवी (26)-को गत 28 नोभेम्बरको दिन विष सेवन गरेकोले मृत्यु भएको थियो। शवलाई पोस्टमर्टम गर्नको लागि मर्च्युरीमा राखिएको थियो। मृतकाका भाइ सक्षम पटेलले आरोप लगाए, मर्च्युरीमा शवलाई राख्नको लागि 4 सय रुपियाँ भुक्तान गरिएको थियो। हाम्रो आँखा अगाड़ि शवलाई फ्रिजरमा राख्दा कण्डिशन ठिकै थियो। तर 29 नोभेम्बरमा शवलाई लिन पुग्दा शवको आँखा र कान हराएको थियो। शवलाई जसरी कोतारिएको थियो त्यसबाट स्पष्ट भइरहेको थियो कि मुसा र साङ्लोले यस्तो गरेको हो। उनले स्पष्ट रूपमा यसलाई मर्च्युरी स्टाफको लापरवाही बताए। उनले सीएमएससित सिकायत गरी मामिलाको जाँच गर्ने अनि दोषीहरूलाई कारबाही गर्ने माग गरे।

मेडिकल कलेजका सीएमएस डा. सचिन माहौरले आइतवार बताए, महिलाको शवलाई फ्रिजरमा राखिएको थियो। फ्रिजरबाट बाहिर निकाल्दान आँखाको पुतली र कान काटिएको निशान थियो। फ्रिजरमा कुनै पनि जनावर पस्ने सम्भावना छैन। साङ्गलो र स-साना कीराहरूले यस्तो गरेको हुनसक्छ। चार सदस्यीय कमिटी गठन गरी घटनाको जाँच गराइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande