
कठुआ, 30 नोभेम्बर (हि.स.)। श्री ब्राह्मण सभा कठुआले मध्य प्रदेशका आईएएस अधिकारी सन्तोष वर्माले ब्राह्मण समाजमाथि गरेको अभद्र टिप्पणीलाई लिएर कड़ा विरोध गरेको छ। श्री ब्राह्मण सभा कठुआका अध्यक्ष सुरेन्द्र मेहता सहित सभाका अन्य सदस्यहरूले भने, यस्तो अधिकारीमाथि कड़ाभन्दा कड़ा सजाय हुनुपर्छ जसले अन्य समाजप्रति अपशब्द प्रयोग गर्छ।
आइतवार श्री ब्राह्मण सभा कठुआमा मासिक बैठक आयोजना गरियो। बैठकमा आगामी महिना हुने कार्यक्रमहरूलाई लिएर विचार-विमर्श गरियो। यसैबीच समाजको महिला एकाईकी अध्यक्ष नीलम शर्माले आईएएस अधिकारी सन्तोष वर्मालाई चेताउनी दिँदै भने, ब्राह्मणलाई शास्त्रको ज्ञान पनि छ अस्त्रको ज्ञान पनि छ जसले जुन भाषामा बुझ्छ त्यै भाषामा बुझाउनेछौं। त्यसैले ब्रह्मण समाजमाथि अभद्र टिप्पणी गर्नअघि हजार पटक सोचियोस्। कठुआ ब्राह्मण सभाले विश्वकर्मा समाज र वर्मा समुदायसित अपील गऱ्यो, अन्य समाजप्रति अपशब्द प्रयोग गर्ने व्यक्तिलाई आफ्नो समुदायबाटै बाहिर निकाल्नुपर्छ। सभाले अन्य सभाहरूसित पनि अपील गरेको छ, उनीहरूले पनि यस मुद्दामा एकजुट भेर आईएएस अधिकारीविरूद्ध कारबाही गर्ने माग गरून्। यसबीच श्री ब्राह्मण सभा कठुआले एकजुट भएर आईएएस अधिकारी सन्तोष वर्माविरूद्ध प्रदर्शन पनि गऱ्यो। प्रदर्शनकारीहरूले अधिकारीविरूद्ध नाराबाजी गर्दै उनलाई बर्खास्त गर्ने माग गरे। समाजले चेताउनी पनि दिएको छ, यदि कारबाही भएन भने आन्दोलनलाई अझ उग्र रूप दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा