
नगाउँ (असम), 30 नोभेम्बर (हि.स.)। नगाउँ जिल्ला प्रशासनद्वारा कामपुर क्षेत्रमा बितेको शनिवारदेखि शुरू गरिएको विस्तृत अतिक्रमण हटाऔं अभियान आइतवार पनि जारी रह्यो। यस अभियान अन्तर्गत व्यापक मात्रामा सराकरी भूमिलाई अवैध कब्जाबाट मुक्त गराइँदैछ।
बिहान हुनसाथ अभियान पुन- शुरू गरियो अनि प्रशासनिक टीमहरू कंदापुर, चामखोला एवं लुटुमारी क्षेत्रमा एकैसाथ पुगे। यो अभियानलाई हालका वर्षहरूमा जिल्ला प्रशासनद्वारा गरिएको सबैभन्दा ठूलो भूमि पुनःप्राप्ति प्रयास मानिँदैछ।
जिल्ला आयुक्त देवाशिष शर्माले बताए, पछिल्लो केही समयदेखिको वन भूमिमाथि अतिक्रमण बढ़ेको कारण स्थानीय क्षेत्रहरूमा जंगली हात्तीहरूको उपद्रव बढ़ेको छ। गए शनिवार जंगली हात्तीको हमलामा एक जना मानिसको मृत्यु भएको थियो। उनको भनाइ छ, वन भूमि खाली भयो भने हात्तीहरू जंगलदेखि बाहिर आउने समस्या केही हदसम्म कम हुनेछ।
उनले बताए, प्रशासनको लक्ष्य लगभग 5,962 बिघा सरकारी भूमिलाई अतिक्रमण मुक्त बनाउनु रहेको छ। अभियानको सुचारू प्रगति तथा शान्ति व्यवस्थालाई कायम राख्नको लागि सुरक्षा बल अनि राजस्व कर्मीहरूलाई तैनाथ गरिएको छ। अहिलेसम्मको अभियान शान्तिपूर्वक संचालन हुँदै आएको छ। ठूलो विरोधको सामना गर्न परेको छैन।
अधिकारी भन्छन्, खाली गरिएको भूमिलाई आगाामी दिनमा विकासात्मक तथा जनहितकारी परियोजनाहरूको निम्ति प्रयोग गरिनेछ। यो कारबाही जिल्लामा अवैध कब्जालाई रोक्ने अनि सरकारी भूमिलाई त्यसको मूल सार्वजनिक प्रयोगको लागि पुनर्स्थापित गर्ने व्यापक अभियानको एक भाग हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा