
जलपाईगुड़ी, 30 नोभेम्बर (हि.स)। जिल्लाको धुपगुड़ीमा डाउन मालगाड़ी ट्रेनको ठक्करले फेरि एकपटक हात्तीको मृत्यु भएको छ भने अर्को एउटा हात्ती घाइते भएको छ। घटना आइतवार सबेरै धुपगुड़ी ब्लकको भोटपाड़ास्थित नामापाड़ा क्षेत्रमा भएको हो। रेल लाइनदेखि लगभग 2 सय मीटर टाड़ा आवासीय क्षेत्रमा हात्तीको शव भेटियो भने अर्को हात्तीलाई लाइन नजिकै घाइते अवस्थामा भेटियो। घटनास्थलमा रेल अनि वन विभागीय अधिकारीहरू पुगिसकेका छन्।
वन विभागीय सूत्र अनुसार दुई दिनअघि बिनागुड़ीको दलगाउँ रेञ्जबाट पाँच वटा हात्तीको बथान काजीपाड़ा हुँदै मेघलिगञ्जको उछलपुकुरी क्षेत्रमा पुगेको थियो। यस बथानबाट दुई वटा हात्तीलाई लखेटेर दलगाउँ रेञ्जतर्फ लगिँदैथ्यो, यसै अवधि आएको ट्रेनले भयानक ठक्कर दिएको कारण यो दुर्घटना भयो जसमा एउटा हात्तीको मृत्यु भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा