हात्तीको ताण्डवले आँगनबाड़ी केन्द्र सहित धेरै वटा घरहरू क्षतिग्रस्त
हात्तीको ताण्डवले आँगनबाड़ी केन्द्र सहित धेरै वटा घरहरू क्षतिग्रस्त


जलपाईगुड़ी, 30 नोभेम्बर (हि. स)। चालसाको मटियाली ब्लक अन्तर्गत बाताबाड़ीको योगेशपाड़ा क्षेत्रमा एउटा जंगली हात्तीको ताण्डवले सन्त्राष फैलायो। भोजनको खोजीमा आएको हात्तीले गए अबेर राती आँगनबाड़ी केन्द्रमा हमला गरी ध्वस्त बनाइदियो। त्यसपछि त्यस वरपर रहेका घरहरूमा पस्यो, धन्न घरका मानिसहरू आफ्नो ज्यान बचाउन सफल भए।

सूत्र अनुसार गए शनिवार अबेर राती लगभग 3 बजे गोरूमारा जंगलबाट एउटा जंगली हात्ती घना जनसंख्या भएको क्षेत्रमा पस्यो। सबैभन्दा पहिला हात्तीले आँगनबाड़ी केन्द्रमा धावा बोलेर ध्वस्त बनाइदियो। त्यसपछि एउटा घरभित्र पसेर त्यहाँ राखेको धान खायो। हात्तीले अन्य दुई वटा घरहरूलाई पनि क्षतिग्रस्त बनाइदियो। स्थानीय मानिसहरू कराउन थालेपछि हात्ती फेरि जंगल तिर फर्कियो। घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ। स्थानीय मानिसहरूले रातको समयमा गस्ती बढ़ाउने माग वन कर्मीहरूसित गरेका छन्। वन विभागले आवश्यक कदम उठाउने आश्वासन दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande