
झञ्झुनू, 30 नोभेम्बर (हि.स.)। झुञ्झुनू अप्पर जिल्ला एवं सेशन न्यायाधीश सीमा ढाकाले गए शनिवार छोरीको हत्या मामिलामा चिड़ावा निवासी सञ्जय कुमावतलाई आजीवन कारावासको सजाय सुनाएकी छन्। मामिला अनुसार 13 जून, 2020-मा महपालवास निवासी ताराचन्दले चिड़ावा थानामा रिपोर्ट दिए, उसको ज्वाईँ सञ्जय कुमावतले उसकी छोरी सरोज, नातिनी नितु अनि नाती विक्रममाथि फलामको रडले हमला गरेर गम्भीर रूपमा घाइते बनाइदियो। सरोज र नितुलाई जयपुरमा रेफर गरियो। उपचारको क्रममा नितुको मृत्यु भयो।
पुलिसले ज्यानमारा हमलामा हत्याको धारा जोड़्यो। पुलिसले आरोपीलाई पक्राउ गरी अदालतमा चालान पेश गऱ्यो। मामिलाको सुनवाई गर्दै न्यायाधीश सीमा ढाकाले आरोपी सञ्जय कुमावतलाई आजीवन कारावासको सजा सुनाइन्। यो घटना 13 जून, 2020-मा भएको थियो। डालमिया बोइज स्कूल चिड़ावाको पछिल्लोतिर बस्ने सञ्जय कुमावत (42) र उसकी पत्नी सरोज (38)-माझ पुर्ख्यौली खेतलाई लिएर विवाद भएको थियो। यसै कुरालाई लिएर घटना घटेको दिन रूष्ट सञ्जयले पत्नी सरोजमाथि कुटपिट गर्न थाल्यो।
उसले आफ्नी पत्नीलाई फलामको पाइपले कुटिरहेको थियो। आमाको चित्कार हुनेर उसलाई बचाउन छोरी नितु र छोरा विक्रम पुगे। यसबाट झन रिसाएको सञ्जयले आफ्ना छोरा र छोरी दुवैको टाउकोमा पाइपले प्रहार गऱ्यो जसले गर्दा तीनैजना रगतपच्छे भए। उनीहरूको चित्कार सुनेर छिमेकीहरूले पुलिसलाई बोलाए। पुलिसले आरोपीलाई पक्राउ गरेको थियो। घाइतेहरूलाई अस्पतालमा भर्ती गरायो। उपचारको क्रममा छोरी नितुको मृत्यु भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा