
नयाँ दिल्ली, 29 नोभेम्बर (हि.स.)। दक्षिणी दिल्लीमा संगम विहारको तिगड़ी एक्सटेन्शनस्थित मंगल बजार क्षेत्रमा गए शनिवार साँझ एक तीन तले भवनमा आगो लागेर चारजना मानिसहरूको जलेर मृत्यु भएको छ भने एकजना महिला गम्भीर रूपमा घाइते भएकी छन्। दमकलका चारवटा वाहनहरूको सहयोगमा आगोलाई नियन्त्रण गरियो।
पुलिस अधिकारी अनुसार यस दुर्घटनामा मारिएका मानिसहरूको शवलाई पोस्टमर्टम गर्नको लागि मोर्चरीमा सुरक्षित रखाइएको छ। मृतकहरूको पहिचान घर मालिक सतेन्द्र गुप्ता (38), र उनकी बहिनी अनिता (38)-को रूपमा भएको छ भने अन्य दुईजनाको अहिलेसम्म पहिचान हुन सकेको छैन। दुवैको शव पूर्ण रूपले जलेको अवस्थामा भेटिएको छ। उनीहरूको बारेमा यहाँसम्म थाहा पाउन सकिएको छैन कि उनीहरू पुरूष हुन् वा महिला। यी दुई वटा लाशलाई दमकलकर्मीहरूले आगोलाई निभाएपछि सर्च अभियानको क्रममा जुत्ताको दोकानमा भेटेका थिए। उक्त तीन तले भवनको मुनि तलामा एउटा जुत्ताको दोकान थियो।
भनिन्छ, आगो त्यहीँबाट शुरू भएर पहिलो तलासम्म फैलिएको थियो। आशंका छ, दोकानमा आगो लागेपछि दुईजना भित्रै फसेका थिए। उनीहरूले ज्यान बचाउनको लागि भाग्ने मौकासम्म पाएनन्। घटनामा सतेन्द्रकी भाउज्यु गम्भीर रूपमा घाइते भएकी छन्। सूत्रको मान्यतामा ममता ज्यान बचाउनको लागि दोस्रो तला तर्फ दौड़ेकी थिइन् जसले गर्दा उनलाई गम्भीर चोट लागेको छ।
डीसीपी अंकित चौहानले बताए, शनिवार साँझ लगभग 6.27 बजे संगम विहार तिगड़ी एक्सटेन्शन मंगल बजार रोडस्थित एउटा जुत्ता दोकामा आगो लागेको सूचना प्राप्त भएको थियो। सूचना पाउनसाथ तिकड़ी थानाका स्टाफ, दमकलकर्मी तथा क्याट्स एम्बुलेन्स घटनास्थलमा पुगे
दमकल अधिकारीले बताए, चार वटा वाहनको सहयोगमा रेस्क्यू अपरेशन संचालन गरियो। पुलिसले क्याट एम्बुलेन्सको मद्दतले घर मालिक सतेन्द्र गुप्ता, उनकी भाउज्यु ममता र भाड़ामा बस्ने अनितालाई नजिकैको अस्पतालमा भर्ती गरायो जहाँ डाक्टरहरूले सतेन्द्र र अनितालाई मृत घोषित गरिदिए भने ममताको उपचार भइरहेको छ।
डीसीपीले बताए, तिगड़ी थानामा मुद्दा दर्ता गरिएको छ। क्राइम र एफएसएलको टीमले घटनास्थलबाट प्रमाण एकत्र गरेको छ। हाल आगलागीको कारण पत्तो लाग्न सकेको छैन। पुलिसले हाल मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा