
तीनधारे, 30 नोभेम्बर (हि.स.)। घुम्ती चियाबारीमा आयोजित नगदराशि फुटबल टुर्नामेन्टको उपाधि रोयल एफसीले जितेको छ।
तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीको खेल मैदानमा युनाइटेड घुम्ती स्पोर्टिङ्ग क्लबको आयोजनामा गत 12 अक्टोबरदेखि शुरु भएको नगदराशि फुटबल टुर्नामेन्टको आज फाइनल खेल रोयल एफसी र अलिबक्स सेभेन खरसाङबीच सम्पन्न भयो। उक्त खेलमा रोयल एफसी 1-0 को अन्तरले विजय बन्यो। यस फाइलन खेलमा रोयल एफसीको तर्फबाट एकमात्र गोल निवेश राणाले गरेका थिए।
यस फाइलनल खेलमा म्यान अफ् द म्याच रोयल एफसीका निवेश राणा चयन गरियो। त्यसरी नै म्यान अफ् द टुर्नामेन्ट अरुण तामाङ अनि सर्वाधिक गोलदाताको रुपमा मचेन्द्र प्रधान चयन भएका छन्। फेयर प्ले अवार्ड मिक्स अफ् बोइज सिपाहीधुरालाई प्रदान गरिएको छ भने बेस्ट गोल किपर नर्बु शेर्पालाई प्रदान गरियो।
फाइनलमा मुख्य अतिथिको रुपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा घुम्ती चियाबारीका प्रबन्धक जजर चौधरी, महानदी ग्राम पञ्चायतका प्रधान पासाङ शेर्पा, भूतपूर्व फुटबल खेलाडी सुकराज छेत्री, भूतपूर्व सैनिक लगायत स्थानीय वरिष्ठ व्यक्तिहरु उपस्थित रहेका थिए।
घुम्ती चियाबारीमा आयोजित यस फुटबल टुर्नामेन्टमा जम्मा 20 वटा विभिन्न स्थानहरुका फुटबल टोलीहरुले भाग लिएको जानकारी आयोजक समितिको तर्फबाट बसन्त राई र मनिषकुमार प्रधानले गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक