निम्न दबावको प्रभाः कोलकातामा फेरि पनि बढ़्नेछैन जाड़ो
निम्न दबावको प्रभाः कोलकातामा फेरि पनि बढ़्नेछैन जाड़ो


कोलकाता, 30 नोभेम्बर (हि.स.)। महानगर कोलकाता लगायत दक्षिण बंगालमा अहिले पनि त्यति जाड़ो भइरहेको छैन। मौसम विभागले आइतवार जारी आफ्नो बयानमा बताएको छ, हाल बंगालको खाड़ीमा विकसित निम्न दबावको कारणले चिसो हावाले प्रवेश गर्न सकिरहेको छैन। तापमान 17 डिग्री सेल्सियसभन्दा अधिक यथावत छ फलस्वरूप त्यति जाड़ो हुन सकेको छैन।

कोलकाताको लागि आगामी 24 घण्टाको स्थानीय पूर्वानुमानले बताउँछ, आकाश मुख्य रूपमा सफा रहनेछ अनि बिहान हल्का धमिलोपन छाउने सम्भावना छ। मौसम विभागानुसार दिउँसो अधिकतम तापमान लगभग 28 डिग्री सेल्सियस औ न्यूनतम तापमान लगभग 18 डिग्री सेल्सियस रहने अनुमान छ।

विभागद्वारा जारी आँकड़ा मुताविक अधिकतम तापमान 27.9 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 1.0 डिग्री कम हो। न्यूनतम तापमान 17.5 डिग्री सेल्सियस रह्यो जुन सामान्यको बराबर हो। अधिकतम सापेक्ष आद्रता 92 प्रतिशत औ न्यूनतम आद्रता 42 प्रतिशत मापन गरियो।

पछिल्लो 24 घण्टाभित्रमा सम्पूर्ण राज्यबाट कुनै पनि प्रकारको वर्षा दर्ता गरिएको छैन। यसबाट शहरमा मौसम शुष्क भएको छ। तथापि मौसम विभागले यस कुराको सम्भावना व्यक्त गरेको छ, आगामी हप्ताको अन्तसम्ममा राज्यको तापमान अझ घट्नसक्छ अनि जाड़ो बढ़्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande