
कछार, 30 नोभेम्बर (हि.स.)। असमको कछार जिल्लाको धलाई जमालपुर क्षेत्रमा आइतवार बिहान सड़क किनारमा खड़ा एउटा लग्जरी कारमा अचानक आगो लाग्यो। आगो बलेको देखेर वरपरका क्षेत्रहरूमा कोकोहोलो मचियो। मानिसहरू आ-आफ्नो घरदेखि बाहिरिए।
कछार पुलिस अनुसार आगो द्रूत गतिमा फैलिएको कारणले क्षणभरमै वाहन पूर्ण रूपले जलेर खरानी भयो। आगो वरपरका आवासीय क्षेत्रसम्म फैलिनसक्ने आशंकाले मानिसहरू भयभित भए।
सूचना पाउनसाथ दमकल विभाग र पुलिसले घटनास्थलमा पुगेर कड़ा परिश्रम गरी आगोलाई नियन्त्रण गऱ्यो। राहतको कुरा के छ भने यस घटनामा कुनै प्रकारको मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन। स्थानीय मानिसहरूको भनाइ छ, वाहनमा कुनै तकनिकी खराबीको कारणले आगो लागेको हुनसक्छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा