
सिलगढ़ी, 30 नोभेम्बर (हि. स.)। राज्यमा विशेष गहन पुनरीक्षण (एसआइआर) घोषित हुनसाथ कुनै पनि योग्य मतदाता सूचीबाट नबाहिरियोस् भन्ने कुरा सुनिश्चित गर्नको लागि हरेक बूथमा बूथ लेभल अफिसर (बीएलओ) कर्मीहरूको तैनाथीसँगसँगै बंगला भोट रक्षा शिविर पनि आयोजना गरिँदै आएको छ। सिलगढ़ीका मेयर गौतम देवले आइतवार नक्सलबाड़ीमा आयोजित उक्त शिविरमा पुगेर त्यहाँ भइरहेको कामको निरीक्षण गरे।
उल्लेखनीय छ, तृणमूल कंग्रेसले आम मानिसहरूलाई समस्या एवं असुविधादेखि बचाउनको लागि बंगला भोट रक्षा शिविर आयोजना गर्ने पहल गरेको छ। आज मेयर गौतम देवले नक्सलबाड़ी ब्लक-2 क्षेत्रमा आयोजित शिविरमा पुगेर कामको निरीक्षण गरे। यस अवसरमा सिलगढ़ी महकुमा परिषदका सभाधिपति अरूण घोष र अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए।
मेयर गौतम देवले भने, बंगला भोट रक्षा शिविर- मा राम्रो प्रगति भइरहेको देखिँदैछ। विधानसभामा राम्रो काम भएको छ। सिलगढ़ी विधानसभामा काम पूरा भइसकेको छ। उनले भने, बीएलओ, बीएलए-2 कर्मीले राम्रो काम गरेका छन्।
अ
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा