पञ्चायत बैठकमा बबालपछि नन्दीग्राममा राजनीतिक तनाउ बढ़्यो
पञ्चायत बैठकमा बबालपछि नन्दीग्राममा राजनीतिक तनाउ बढ़्यो


पूर्व मेदिनीपुर, 30 नोभेम्बर (हि.स.)। पूर्व मेदिनीपुरको नन्दीग्राम विधानसभा अन्तर्गत 4 नम्बर क्षेत्रमा आयोजित पञ्चायतको सामान्य सभामा तृणमूल कंग्रेस र भाजपा सदस्यहरूमाझ भएको भनाबैरी र कुटपिटको घटनाले माहोल तनाउपूर्ण भएको छ। गए शनिवार राती भएको घटनापछि राजनीतिक पार्टीहरूले नन्दीग्राम थानामा एका-अर्काविरूद्ध लिखित सिकायत दर्ता गराए।

पञचायतका 17 वटा सीटमध्ये भाजपाले 9, तृणमूलले 6 अनि सीपीआईएमले 2 वटा सीट जितेको छ। भाजपाका प्र्धान लक्षीकान्त जानाले आरोप लगाए, तृणमूल कंग्रेसका सदस्य शेख मासुद र तुली रानी दासले सुनियोजित ढंगमा बैठकमा विवाद उत्पन्न गर्दै आएका छन्। शनिवारको बैठकमा पनि उनीहरूले प्रधान र सचिवसित धक्का-मुक्का गरी फाइलहरू खोसे।

घटनापछि भाजपाको पक्षबाट थानामा लिखित सिकायत गर्ता गरियो भने तृणमूल कंग्रेसको पक्षबाट पनि आरोप पत्र थानामा दर्ता गरियो। यसबीच भाजपा कार्यकर्ताहरूले विरोधस्वरूप नन्दीग्राम थानाको घेराउ गरी व्यापक प्रदर्शन गरे।

विरोध प्रदर्शनको क्रममा भाजपा समर्थकहरूले पुलिसप्रति अपमानजनक टिप्पणी गरेको आरोप छ जसबाट पुलिस अधिकारीहरूमा रोष फैलियो। पछि पुलिसले हस्तक्षेप गरी स्थितिलाई सामान्य बनायो। स्थानीय क्षेत्रमा राजनीतिक तनाउ अहिले पनि व्याप्त छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande