
देहरादून, 30 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री पुष्कर सिंह धामीले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले आज ‘मन की बात’- मा उत्तराखण्डप्रति आफ्नो विशेष स्नेह देखाएका छन्।उनले राज्यको विन्टर टुरिज्म, साहसिक खेल, वेडिंग डेस्टिनेशन तथा द्रूत गतिमा बढ़्दो पर्यटन सम्भावनाहरूको उल्लेख गर्नाले राज्यलाई नयाँ दिशा प्राप्त हुनेछ।
मुख्यमन्त्रीले आइतवार एक बयान जारी गरी बताए, उत्तराखण्डको बढ़्दो लोकप्रियतादेखि लिएर आदि कैलाश अल्ट्रा म्याराथन तथा आगामी विन्टर गेम्ससँगसँगै वेडिंग डेस्टिनेशनको रूपमा देवभूमिको उदियमान पहिचानलाई लिएर प्रधानमन्त्रीको विचारले प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ दिशा दिनेछ। धामीले भने, प्रधानमन्त्रीले आदि कैलाशमा तीन वर्ष अगाड़िसम्म 2 हजार पर्यटनदेखि बढ़ेर अब 30 हजार पुगेको उल्लेख गरेका छन्। देवभूमि उत्तराखण्डको दिगो विकास अनि सम्भावनाहरूलाई विश्व पटलमा रेखांकित गरे बापत समस्त प्रदेशवासीहरूको पक्षबाट धामीले प्रधानमन्त्रीप्रति आभार प्रकट गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा