
कोलकाता, 30 नोभेम्बर (हि. स.)। केन्द्रिय शिक्षा प्रतिमन्त्री एवं भाजपा नेता डा. सुकान्त मजुमदारले भने, एसआईआर प्रक्रिया कुनै पनि प्रकारको दबावमा होइन, पूर्ण सहजताको साथमा सम्पन्न हुनुपर्छ। उनले भने, एसआईआरको समय-सीमा बढ़ाउने आवश्यकता पर्छ भने यसको निर्णय चुनाउ आयोगले लिनेछ। म सदैव भन्ने गर्छु, कसैमाथि पनि कुनै प्रकारको दबावको आवश्यकता छैन। प्रक्करियालाई दबावमा होइन, सरलताको साथमा पूरा गरिनुपर्छ।
संसदको शीतकालीन सत्रलाई लिएर उनसे विपक्षलाई लक्षित गर्दै भने, विपक्षले सदैव संसदको कारबाहीलाई बाधित गर्ने चेष्टा गर्दछ। सुकान्तले भने, हाम्रो विपक्ष सरकारसित प्रश्न सोध्ने वा रचनात्मक आलोचना गर्नको लागि तयार छैनौं।
मुर्शिदाबादको बाबरी मस्जिद मुद्दामा टिप्पणी गर्दै उनले भने, बाबर एकजना आक्रमणकारी थिए। उनीहरू उसको नाममा मस्जिद किन बनाउन चाहन्छन्? आफ्नो कुनै नेता वा व्यक्तिको नाममा मस्जिदको नाम राखोस्। बाबरी मस्जिदको सट्टा हुमायुँ, कबीर मस्जिदको नाम राखोस्, कसले रोकेको छ? चाहे जति नै मस्जिद बनाओस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा