
दिल्ली, 30 नोभेम्बर (हि.स.)। बाहिरी उत्तरी जिल्लाको नरेला-बवाना रोडस्थित घोगा क्रसिंग निकट आइतवार भोर बिहान भएको सड़क दुर्घटनामा एकजना 21 वर्षीय महिलाको मृत्यु भयो भने अन्य पाँचजना मानिसहरू गम्भीर रूपमा घाइते भए। दुर्घटना भोर बिहान लगभग 5:14 बजे भएको हो जतिबेला कार अनियन्त्रित भएर सड़क किनारको रूखसित ठोक्कियो। पुलिस अनुसार एकजना बटुवा सञ्जीवले दुर्घटना भएको जानकारी दिए। घाइतेहरूलाई तुरून्तै सरोज अस्पतालमा लगियो जहाँ उपचारको क्रममा ज्योति (21)-को मृत्यु भयो। दुर्घटनामा घाइते भएका मानिसहरूको पहिचान खरखौदा निवासी प्रशान्त, नरेला निवासी अमित, एजनाक महिला, एकजना छः वर्षय बालक तथा अज्ञात महिलाको रूपमा भएको छ। दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा