
रामगढ़, 30 नोभेम्बर (हि.स.)। प्रेम सम्बन्ध बनाएर युवतीहरूलाई ब्ल्याकमेल गर्ने धन्दा हिजोआज बढ़्दो छ। धेरैजना युवतीहरू यस ब्ल्याकमेलिंगबाट दिक्क भएर आफ्नो जीवनलीलालाई समाप्त गर्नका लागि बाध्य भइरहेका छन्। रामगढ़ पुलिसले यस्तै एकजना ब्ल्याकमेलरलाई पक्राउ गरेको छ जसले धेरैजना युवतीहरूको जीवन बर्बाद बनाइसकेको छ। आरोपी रञ्जन कुमार उपनाम रञ्जन श्रीवास्तव बिहारको सितामढ़ी जिल्ला अन्तर्गत बरगनिया गाउँको निवासी हो। उसले रामगढ़ थाना अन्तर्गत राँची रोडमा बस्ने एकजना युवतीको जिन्दगीलाई ब्ल्याकमेल गरेर बर्बाद बनाइदिएको थियो। वर्ष 2021-मा पीड़िताको पक्षबाट ब्ल्याकमेल रञ्जनविरूद्ध प्राथमिकी दर्ता गरिएको थियो। पछिल्लो चार वर्षदेखिको रञ्जनले पुलिसलाई छक्याएर भागिरहेको थियो। रामगढ़ पुलिसले गुप्त सूचनाको आधारमा उक्त चतुर ब्ल्याकमेलरलाई अन्ततः पक्राउ गऱ्यो। रञ्जनमाथि रामगढ़ थानामा काण्ड संख्या 149/21 र्ता थियो। पुलिसले यसै मामिलामा उसलाई धेरै वर्षदेखिको खोजिरहेको थियो।
धेरै वटा राज्यहरूमा .युवतीहरूलाई गरिसकेको छ ब्ल्याकमेल-
रञ्जन कुमार उपनाम रञ्जन श्रीवास्तवले धेरै वटा राज्यहरूमा युवतीहरूलाई ब्ल्याकमेल गरिसकेको छ। झारखण्ड अतिरिक्त बिहार, उत्तर प्रदेश,दिल्ली तथा अन्य राज्यहरूमा पनि उमाथि मामिलाहरू दर्ता गरिएको छ। सबैभन्दा पहिला उसले कुमार युवतीहरूलाई सोशल मीडियामा फ्रेण्ड रिक्वेस्ट पठाउँथ्यो। सोशल मीडियामा मित्रता गरेपछि उसले युवतीहरूको नजिकमा जाने प्रयास गर्थ्यो। कुनै होटल वा कोठामा बोलाएर चतुर ढंगमा उसले युवतीहरूको अश्लील भीडियो बनाउँथ्यो।
विवाह तय भएपछि युवतीहरूलाई पठाउँथ्यो अश्लील भीडियो-
प्रेम जालमा फसेका युवतीहरूले परिवारको चापमा आएर अन्यत्र विवाह गरेपछि रञ्जनको असली खेल शुरू हुन्थ्यो। उसले कुरा गर्दा-गर्दै युवतीहरूको हुनेवाला पतिको मोबाइल नम्बर लिन्थ्यो। त्यसपछि युवतीहरूलाई ब्ल्याकमे गर्न शुरू गर्थ्यो। यदि उसले भनेको जति रुपियाँ पाएन भने हुनेवाला पतिलाई युवतीको अश्लील फोटो वा भीडियो पठाउँथ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा