बीएलओ ड्यूटीको चापले उपचार गराउन नसकेकै कारण पाँच महिने शिशुको मृत्यु
बीएलओ ड्यूटीको चापले उपचार गराउन नसकेकै कारण पाँच महिने शिशुको मृत्यु


औरैया, 30 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको औरैया जिल्ला अन्तर्गत शहरको नारायणपुर टोलमा एक पीड़ादायी घटना भएको प्रकाशमा आएको छ। यहाँका सफाई कर्मीमाथि बलजफ्ती बीएलओको ड्यूटी थोपिएपछि पाँच महिने बिमार बालकको समयमा उपचार नपाएको कारणले आइतवार मृत्यु भयो। घटनापछि परिवारमा शोक व्याप्त भएको छ भने टोलका मानिसहरूमा गहिरो आक्रोश छाएको छ।

नारायणपुर निवासी सफाई कर्मी भोले सिंहले आरोप लगाए, उनको पाँच महिनाको छोरा शिवाको स्वास्थ्य विगत केही दिनदेखिको बिग्रिएको थियो। परिवार उसलाई अस्पताल लैजाने तयारीमा थियो, तर यसबीच उनीमाथि लगातार ड्यूटीको दबाव कायम रह्यो। उनले बताए, उनी नियमित रूपमा सफाई कर्मीको रूपमा कार्यरत हुँदाहुँदै पनि पछिल्लो पाँच दिनदेखिको उनीबाट सफाई कार्य गराइसकेपछि पनि बीएलओको सहयोगीको रूपमा पनि तैनाथ गरियो।

भोले सिंह अनुसार सुपरभाइज़र ओमकारले उनलाई बारम्बार बीएलओ कार्यमा पठाउने दबाव दिरहेका थिए। उनले आफ्नो छोराको गम्भीर अवस्था बारे जानकारी गराउँदै अवकाशको माग पनि गरे। तर उनको गुहारलाई बेवास्ता गरिएको कारणले बाध्यतावश उनलाई बीएलओ ड्यूटी पनि गर्नु परेको आरोप छ।

परिवारको भनाइ छ, लगातार दोहोरो ड्यूटीमा अल्झिएको कारणले भोले सिंहले आफ्नो छोरालाई अस्पतालमा लैजान सकेनन्। आइतवार नानीको अवस्था अचानक बिग्रिँदा परिवारले उसलाई अस्पतालमा लिएर गयो। तर डाक्टरहरूले शिवालाई मृत घोषित गरिदिए।

स्थानीय मानिसहरूले प्रशासनसित मामिलाको उच्च स्तरीय जाँच गराउने माग गरेका छन्। उनीहरूको भनाइ छ, यदि समय छँदै बालकको उपचार भएको भए उसको जीवन बच्न सक्थ्यो।

ग्रामीणहरूको भनाइ छ, कुनै पनि कर्मचारीमाथि यसरी बलजफ्ती ड्यूटी थोप्नु अमानवीय मात्र नभएर यसबाट कहिले-काँही गम्भीर परिणाम पनि भोग्नुपर्छ। अर्कोतिर मामिला बारे जानकारी पाउनसाथ स्थानीय प्रशासन सक्रिय भएको छ। हाल बालकको मृत्युको कारण अनि आरोपी अधिकारीहरूको भूमिकाको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande