
नयाँ दिल्ली, 30 नोभेम्बर (हि.स.)। चुनाउ आयोगले देशका 12 राज्यमा जारी मतदाता सूचीलाई अपडेट गर्नसित जोड़िएको प्रक्रिया एसआईआरको मितिहरूमा फेरबदल गर्दै यसलाई एक हप्ता अघि बढ़ाएको छ।
चुनाउ आयोगको तर्फबाट जारी विज्ञप्ती अनुसार, अब मस्यौदा मतदाता सूची 9 को सट्टा 16 दिसम्बर र अन्तिम मतदाता सूची 07 फरवरीको सट्टा 14 फरवरीमा प्रकाशित हुनेछ। विशेष गहन पुनरीक्षण (एसआईआर) को संशोधित कार्यक्रम अनुसार निर्वाचन आयोगले सबै गतिविधिहरूको समय-सीमा एक हप्ता बढ़ाएको छ।
नयाँ कार्यक्रम अन्तर्गत गणना अवधि र मतदान केन्द्रहरूको पुनर्गठनको प्रक्रिया अब 11 दिसम्बर 2025 सम्म पूरा गरिनेछ। नियन्त्रक तालिकाको अद्यतन र मस्यौदा मतदाता सूची तयार पार्ने कार्य 12 देखि 15 दिसम्बर 2025 सम्म गरिनेछ भने मस्यौदा मतदाता सूचीको प्रकाशन 16 दिसम्बर 2025 मा हुनेछ।
दाबी र आपत्तिहरू जमा गर्ने अवधि 16 दिसम्बर 20225 देखि 15 जनवरी 2026 सम्म निर्धारित गरिएको छ। नोटिस चरण, जसमा जारी गर्नु, सुनवाई, सत्यापन तथा गणना प्रपत्रहरू र दाबी-आपत्तिहरूमाथि निर्णय सामेल छ, 16 दिसम्बर 2025 देखि 07 फरवरी 2026 सम्म चल्नेछ। मतदाता नामावलीको स्वास्थ्य मापदण्डको जाँच र अन्तिम प्रकाशनको अनुमति 10 फरवरी 2026 सम्म पूरा गरिनेछ जबकि अन्तिम मतदाता सूची 14 फरवरी 2026 मा प्रकाशित गरिनेछ।
उल्लेखनीय छ, निर्वाचन आयोगले पश्चिम बंगाल, महाराष्ट्र र उत्तर प्रदेश सहित 12 राज्यहरूमा मतदाता सूचीहरूलाई अपडेट गरिरहेको छ। यसका लागि निर्वाचन आयोगले नागरिकता र स्थानीय बसोबासको आधारमा मतदाता सूचीमा मतदाताहरूको नाम जोड्ने र हटाउने विशेष जाँच पुनरीक्षण (एसआईआर) प्रक्रिया चलाइरहेको छ।
अर्कोतिर, विपक्षले यस मुद्दालाई लिएर निर्वाचन आयोग र सरकारमाथि तीखो प्रहार गरिरहेको छ। आजको सर्वदलीय बैठकमा पनि विपक्षले यो मुद्दा उठायो। कांग्रेस नेता प्रमोद तिवारीले सरकारले हतारमा एसआईआर प्रक्रिया सञ्चालन गरिरहेको बताए। आज यसको तारिक एक हप्ता बढ़ाइएको छ। हामीलाई लाग्छ कि कोही पनि मतदाता सूचीबाट नछुटोस् यसको निम्ति थप समय लिइनुपर्छ।
हिन्दुस्थान समाचार / भवानी थामी