पाकिस्तान जेलमा बन्द पश्चिम बंगालको मछुआराको मृत्यु
राणा


पूर्व मेदिनीपुर, 30 नोभेम्बर (हि.स.)। पाकिस्तानको जेलमा पश्चिम बंगालको एक मछुआराको मृत्यु भएको छ। मछुआराको नाम स्वप्न राणा, पूर्व मेदिनीपुर जिल्लाको कान्थी उत्तर विधानसभा क्षेत्रको पाइकबाड़ गाउँको निवासी बताइएको छ। मछुआराको मृत्युको खबरले परिवारमा शोकको लहर छाएको छ। मृतकको पार्थिव शरीर भारत ल्याउनका लागि कारबाही जारी छ।

पाइकबाड़ गाउँ निवासी स्वप्न राणा माछा समात्ने अवधि अनजानमा जल सीमा नाघेर पाकिस्तान पसेको थियो। उसलाई पाकिस्तानको समुद्री पुलिसले हिरासतमा लिएको थियो। लगभग दुई वर्षसम्म बन्दी रहेपछि अचानक उसको निधनको सूचना परिवारसम्म पुगेको छ।

मछुआराको निधनको सूचना आधिकारिक रूपमा परिवारलाई जिल्ला प्रशासनले दियो। जिल्ला प्रशासनले बतायो, सरकारी स्तरमा मछुआराको पार्थिव शरीर भारत ल्याउने प्रक्रिया शुरू गरिएको छ। विदेश मन्त्रालयको साथ लगातार सम्पर्क गरिँदैछ ताकि यथासम्भव छिटोभन्दा छिटो पार्थिव शरीरलाई भारत ल्याउन सकियोस्। परिवार र स्थानीय मानिसहरूको भऩाई छ, स्वप्न राणाको मृत्युको कारण अहिलेसम्म स्पष्ट भएको छैन। बन्दी स्थितिमा उसले कस्तो चिकित्सा, सुरक्षा वा व्यवहार पायो, यसको कुनै स्पष्ट जानकारी उपलब्ध छैन। यसैले गर्दा उसको मृत्युलाई लिएर धेरै प्रश्नहरू उठिरहेको छ।

पूर्व मेदिनीपुर जिल्ला मछुआरा विकास समितिका अध्यक्ष अमीन सोहेलले स्वप्न राणाका परिजनहरूलाई हर सम्भव सहायताको आश्वासन दिए। उनले भने, स्वप्न राणा हाम्रा मछुआरा समाजको एक सदस्य थियो। परिवारलाई एक्लो छाड्नेछैनौं। प्रशासनको साथ समन्वय गरी हरेक प्रकारको मद्दत गर्नेछौं।

उनले बताए, 01 जुलाई 2025 मा पाकिस्तानले विदेशी कैदीहरूको जुन सूची भारत सरकारलाई पठायो, त्यसमा हामीले स्वप्नलाई चिन्यौं। अचानक दुई दिन अगाड़ी भारत सरकारले जिल्ला शासकको माध्यमले उसको निधनको सूचना पठायो। स्थानीय मानिसहरू अनुसार, स्वप्न राणा मेहनती र शान्त स्वभावको व्यक्ति थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande