लिफ्ट लिने अनजान व्यक्तिले रिटायर्ड सैनिकलाई गोली दाग्यो, मृत्यु
लिफ्ट लिने अनजान व्यक्तिले रिटायर्ड सैनिकलाई गोली दाग्यो, मृत्यु


हरिद्वार, 30 नोभेम्बर (हि.स.)। बहादराबाद थाना क्षेत्रमा बिहे समारोहमा गइरहेका एक रिटायर्ड वायुसेना सैनिकलाई लिफ्ट दिनु भारी पऱ्यो। बाटोमा कारमा सवार भएको अनजान व्यक्तिले पूर्व सैनिकको टाउकोमा गोली दागेर हत्या गऱ्यो।

कंखलको जमालपुर कला निवासी 62 वर्षीय भगवान सिंह 2013 मा भारतीय वायुसेनाबाट सेवानिवृत्त भएका थिए। शनिबार राति उनी आफ्नो छोरा यशपालसँग रोशनाबाद गइरहेका थिए। जटवाडा पुल नजिकै एक युवकले उनीहरूसँग लिफ्ट माग्यो। बहादुराबाद क्षेत्रको नहर पटरी मार्गमा कार सवार अनजान व्यक्तिले केही टाढा पुग्नसाथ अचानक भगवान सिंहको टाउकोमा गोली दाग्यो र त्यहाँबाट भाग्यो।

जानकारी पाएपछि पुलिस घटनास्थलमा पुगेर गोली लागेर गम्भीर रूपमा घाइते भगवान सिंहलाई निजी अस्पताल पुर्याटयो तर अवस्था गम्भीर भएकाले उनलाई जोली ग्रान्टस्थित हिमालयन अस्पतालमा रेफर गरियो।

उपचारका क्रममा अबेर राति उनको मृत्यु भयो। पुलिस अनुसार, घटनाको कारण स्पष्ट छैन। वरपर लागेका सीसीटीभी फुटेजको जाँच भइरहेको छ। फरार अभियुक्तको खोजी गर्न पुलिस टीमलाई खटाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande