नाम्चीमा दुई दिवसीय जिल्लास्तरीय प्रदर्शनीको समापन
नाम्चीमा दुई दिवसीय जिल्लास्तरीय प्रदर्शनीको समापन


नाम्ची, 29 नोभेम्बर (हि.स.)। नाम्चीको सेन्ट्रल पार्कमा राज्य वाणिज्य एवं उद्योग विभाग अन्तर्गत जिल्ला उद्योग केन्द्र, नाम्चीले आयोजना गरेको दुई दिवसीय जिल्लास्तरीय प्रदर्शनी एवं बिक्री आज सफलतापूर्वक सम्पन्न भयो। यस प्रदर्शनी एवं बिक्रीको उद्देश्य स्थानीय उद्यमीहरूलाई मञ्च प्रदान गर्नु र समर्थन गर्नु रहेको थियो।

प्रदर्शनीमा कुल 30 वटा स्टल राखिएको थियो भने 60 जना स्थानीय उद्यमीहरू सहभागी बनेका थिए। स्टलहरूमा हस्तशिल्पदेखि लिएर खाद्य पदार्थ, स्थानीय बोटबिरुवा, कलाहरू आदि राखिएका थिए। यस अवसरमा खुल्ला माइक सत्र पनि राखिएको थियो, जस अन्तर्गत प्रतीभाहरूलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरियो।

यस अतिरिक्त, प्रदर्शनीले स्थानीय उद्यमीहरूलाई राजस्व आर्जन गर्न, नवीन उत्पादनहरू पहिचान गर्न, प्याकेजिङ, उत्पादन विकास, बजार तयारी र बिक्री बढाउन थप सहयोग पहुँच सुनिश्चित गरेको थियो। राज्यका अन्य जिल्लाहरूमा पनि यसरी नै प्रदर्शनी एवं बिक्री स्टलहरू लगाइने बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande