महाराष्ट्रको नासिकमा एकै परिवारका 4 सदस्यले गरे आत्महत्या
महाराष्ट्रको नासिकमा एकै परिवारका 4 सदस्यले गरे आत्महत्या


मुम्बई, 30 नोभेम्बर (हि.स.)। महाराष्ट्रको नासिक जिल्लाको देवला तहसीलको फुले मालीवाड़ामा आइतवार बिहान एकै परिवारका चार सदस्यले व्हाट्मसएप पोस्ट लेखेर आत्महत्या गरे। यस घटनाको जानकारी पाउनसाथ देवला पुलिस स्टेशनको टीम फोरेन्सिक टीमको साथ घटनास्थमा पुग्यो र छानबीन शुरू गऱ्यो।

घटनाको जाँच गरिरहेका पुलिस निरीक्षक सार्थक नेहते अनुसार, आज बिहान मालीवाड़ी क्षेत्रमा एकै परिवारका चार सदस्यले आत्महत्या गरेको खबर पाउनसाथ पुलिस टीम तत्काल घटनास्थलमा पुग्यो। पुलिसले चारै शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ। यस घटनामा पुलिस अहिलेसम्म कुनै निष्कर्षमा पुगेको छैन, फोरेन्सिक टीमले घटनास्थलको जाँच गरिरहेको छ। मर्नेहरूमा पति, पत्नी र उनीहरूका दुई नाबालिग सन्तान सामेल छन्। मृतकहरूको पहिचान गोविन्द बालू शेवाले (40), उनकी पत्नी कोमल गोविन्द शेवाले (35), छोरी खुशी गोविन्द शेवाले (8) र डेढ़ सालको छोरा श्याम गोविन्द शेवालेको रुपमा गरिएको छ।

स्थानीय सूत्रहरूले बतायो, गोविन्दले आज बिहान मात्र व्हाट्सएपमा आत्महत्याको मेसेज पोस्ट गरेको थियो, जसबाट शेवालेका आफन्तहरूले यसको सूचना तत्काल पुलिसलाई दिए र घटनास्थलमा पुगे। तर घरमा गोविन्दको शव पंखाबाट झुण्डेको फेला पऱ्यो जबकि उनकी पत्नी र दुवै नानीको शव जमीनमा लड़ेको थियो। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो र फोरेन्सिक टीमले हरेक पहलुबाट जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande