नेशनल हेराल्ड प्रकरणमा सोनिया-राहुलमाथि नयाँ एफआईआर राजनीतिक द्वेषको कारबाही- प्रमोद तिवारी
तिवारी


नयाँ दिल्ली, 30 नोभेम्बर (हि.स.)। कांग्रेस नेता प्रमोद तिवारीले नेशनल हेराल्ड मामिलामा सोनिया गान्धी र राहुल गान्धी विरूद्ध दर्ता नयाँ एफआईआरलाई राजनीतिक द्वेषको कारबाही बताएका छन्। संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रमोद तिवारीले भने, गान्धी परिवारले सधैं उत्पीडन, अन्याय र देशको स्वतन्त्रताको लड़ाई लडेको छ। नेशनल हेराल्ड पत्रिकाले पहिलो स्वतन्त्रता युद्धको समय अंग्रेजहरूको विरोधमा आवाज उठायो र आजपनि स्थिति त्यस्तै देखिन्छ।

उनले वर्तमान सरकारले पनि अंग्रेजी शासन जस्तै व्यवहार गरिरहेको र नागरिकहरूको मौलिक अधिकारको सम्मान नगरेको आरोप लगाए। उनले भने, यो सरकारले राजनीतिक द्वेषले काम गरिरहेको छ, जसको कांग्रेसले कड़ा निन्दा गर्दछ। गान्धी परिवारले सधैं देशको स्वतन्त्रता र जनहितको लागि संघर्ष गरेको छ र अगाड़ी पनि सरकारको नीतिहरू विरुद्ध लड़ाई जारी राख्नेछ।

उल्लेखनीय छ, दिल्ली पुलिसको आर्थिक अपराध शाखा (ईओडबल्यू) ले नेशनल हेराल्ड मुद्दामा सोनिया गान्धी र राहुल गान्धी, सैम पित्रोदा सहित छह व्यक्ति र तीन संस्थाहरू एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल), यंग इन्डियन र कोलकाता स्थित डोटेक्स मर्चेन्डाइज प्राइभेट लिमिटेडमाथि एफआईआर दर्ता गरेको छ।

कांग्रेस सम्बद्ध संस्था एजेएललाई छलपूर्वक कब्जा गर्न आपराधिक षड्यन्त्र रचिएको उनले आरोप लगाएका छन्। प्रवर्तन निदेशनालयले 03 अक्टोबरमा एफआईआर दर्ता गरेको थियो। निदेशनालयले आफ्नो अनुसन्धान प्रतिवेदन दिल्ली पुलिसलाई बुझाएको थियो र मनी धनशोधन निवारण अधिनियमको धारा 66(2) अन्तर्गत अनुसूचित अपराध दर्ता गर्न अनुरोध गरेको थियो।

आरोपमा भनियो, डोटेक्स, जसलाई कथित आवरण-निगम बताइएको छ, ले यंग इण्डियालाई एक करोड़ रूपियाँ उपलब्ध गरायो र यही विनिमयको माध्यमले यंग इण्डियनले कांग्रेसलाई पचास लाख रूपियाँ दिएर लगभग 2 हजार करोड़ रूपियाँ मूल्यको एजेल परिसम्पत्तिहरूमाथि अधिकार प्राप्त गऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande