'द जजमेन्ट डे-2.0' को प्रतिनिधि टोलीद्वारा मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट
'द जजमेन्ट डे-2.0' को प्रतिनिधि टोलीद्वारा मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट


गान्तोक, 29 नोभेम्बर (हि.स.)। मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको अगुवाईमा आज नाटक 'द जजमेन्ट डे-2.0' को एक प्रतिनिधि टोलीले मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङमा शिष्टाचार भेट गऱ्यो। टोलीमा एञ्जल मोशन पिक्चर्सकी निदेशक एञ्जल छिरिङ र अन्य सदस्यहरू सामेल थिए।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा यस पहलको सराहना गर्दै यो पहल समाजभित्र, विशेष गरी स्कूल, कलेज र विश्वविद्यालयका विद्यार्थी र युवाहरूमाझ, जागरूकता ल्याउने र सामाजिक जिम्मेवारीको भावनालाई सुदृढ़ पार्न समर्पित रहेको उल्लेख गरेका छन्, जसले आत्महत्या रोकथाम, लागूपदार्थ विरोधी जागरूकता र मानसिक कल्याणको बारेमा महत्त्वपूर्ण सन्देश दिन्छ।

मुख्यमन्त्रीले यो परियोजना सिम्फेडका अध्यक्ष तेन्जिङ दोर्जी भोटियाको प्रमुख संरक्षणमा चलिरहेको जानकारी गराएका छन्। यसैगरी, उनले यस अर्थपूर्ण निर्माणसँग सम्बन्धित सबै कलाकारहरू सिक्किमकै रहेकोमा पनि खुशी व्यक्त गरेका छन्। उनले यस उद्देश्यपूर्ण र सामाजिक रूपान्तरणकारी कार्यको प्रशंसा गर्दै यसको सफलता र दूरगामी प्रभावको लागि शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande