बंगाल एसएससीले रद्द 2016 प्यानलका ‘दागी’ अशिक्षण कर्मचारीहरूको सूची जारी गऱ्यो
बंगाल एसएससीले रद्द 2016 प्यानलका ‘दागी’ अशिक्षण कर्मचारीहरूको सूची जारी गऱ्यो


कोलकाता, 04 नोभेम्बर (हि.स.)। पश्चिम बंगाल स्कूल सर्भिस कमिशन (एसएससी)-ले गए सोमवार अबेर राती राज्यका सरकारी सहायता प्राप्त स्कूलहरूमा नियुक्त लगभग 3 हजार 5 सय दागी अशिक्षण कर्मचारीहरूको सूची सार्वजनिक गऱ्यो। यी ती कर्मचारीहरू हुन् जसको नियुक्तिलाई सुप्रीम कोर्टको अप्रेल महिनाको आदेशपछि अमान्य ठहर गरिएको थियो।

सुप्रीम कोर्टले 3 अप्रेलमा वर्ष 2016-को एसएससी भर्ती प्रक्रियालाई “दूषित औ भ्रष्ट” बताउँदै 25 हजार 753 शिक्षण एवं अशिक्षण कर्मचारीहरूको नियुक्तिलाई रद्द गरिदिएको थियो। यसमा जुन मानिसहरूको भूमिका घोटालामा साबित भइसकेको छ, उनीहरूलाई ‘दागी’ श्रेणीमा राखिएको छ।

कमिशनले पहिला नै शीर्ष अदालतको निर्देशमा 15 हजारभन्दा अधिक दागी शिक्षकहरूको सूची जारी गरिसकेको छ भने अब अशिक्षण कर्मचारीहरूको सूची पनि आधिकारिक रूपमा उपलब्ध गराइएको छ।

जारी आँकड़ामा दागी अशिक्षण कर्मचारीहरूको संख्या 3 हजार 5 सय 12 रहेको छ जसमा 2 हजार 3 सय 49 ग्रुप डी तथा 01 हजार 163 ग्रुप सी पदमा कार्यरत थिए। यी सबै नियुक्तिहरू वर्ष 2016-को प्यानलको आधारमा भएको थियो जसलाई पछि सुप्रीम कोर्टले रद्द गरिदियो।

सूचीमा सामेल दागी कर्मचारीहरूलाई नयाँ भर्ती परीक्षामा सामेल हुनदेखि प्रतिबन्ध लगाइएको छ। एसएससी शिक्षक तथा अशिक्षण कर्मचारीहरूको नयाँ नियुक्तिको लागि परीक्षाहरू आयोजना गरिँदैछ।

कमिशनका एकजना वरिष्ठ अधिकारी मुताविक अशिक्षण पद (ग्रुप सी र ग्रुप डी)-मा नयाँ भर्तीको लागि आवेदन 3 नोभेम्बरदेखि शुरू भइसकेको छ भने आगामी सातासम्म जारी रहनेछ। यस चरणमा 2 हजार 9 सय 89 ग्रुप सी तथा 5 हजार 4 सय 88 ग्रुप डी पदहरूलाई भरिनेछ। आवेदन शुरू भएको केही घण्टाभित्रै न्यूनतम 50 वटा आवेदन जमा भइसकेको थियो।

अधिकारीले बताए, वर्ष 2016-को प्यानल पूर्ण रूपमा समाप्त भइसकेको छ, त्यसैले नयाँ भर्ती प्रक्रियामा कुनै प्रकारको कानूनी बाधा छैन। साथै कक्ष 9-10-11-12-का लागि हालैमा आयोजित शिक्षक भर्ती परीक्षाहरूको परिणाम नोभेम्बरको प्रथम एवं द्वित्तीय सप्ताहमा चरणबद्ध ढंगमा जारी गरिनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande