छत्तीसगढबाट पहिलोपटक फोर्टिफाइड चामलको खेप कोस्टा रिका पठाइयो
Fortified rice


नयाँ दिल्ली, ४ नोभेम्बर (हि.स.)।

छत्तीसगढबाट पहिलोपटक १२ मेट्रिक टन फोर्टिफाइड राइस कर्नेल (एफआरके) को निर्यात कोस्टा रिका का लागि गरिएको छ।

भारतको केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार, यो कदम प्रधानमन्त्री नरेन्द्र मोदीको “कुपोषणमुक्त भारत” अभियानको हिस्सा हो। यही कार्यक्रमअन्तर्गत भारतीय खाद्य निगम (एफसीआई) देशभर फोर्टिफाइड चामलको वितरण गर्दै आएको छ। अब यसको निर्यातले भारतको पोषण मिशनलाई अन्तरराष्ट्रिय स्तरमा जोड्ने काम गरेको छ।

एपीडाका अध्यक्ष अभिषेक देवले यस उपलब्धिमाथि प्रतिक्रिया दिँदै भने, “फोर्टिफाइड चामलको निर्यातले भारतको कृषि क्षमता र कुपोषणसँग लड्ने प्रतिबद्धता दुवैलाई प्रतिबिम्बित गर्छ। एपीडाले भविष्यमा पनि निर्यातकर्ताहरूलाई नयाँ बजारमा पहुँच विस्तार गर्न सहयोग गर्नेछ।'

छत्तीसगढ राइस एक्सपोर्टर्स एशोसिएशनका अध्यक्ष मुकेश जैनले भने, “आगामी दिनहरूमा अन्य देशहरूमा पनि एफआरके निर्यात गरिनेछ।” उनले एपीडाको सहयोगप्रति आभार प्रकट गरे।

फोर्टिफाइड राइस कर्नेल भन्ने चामलको पिठोमा आइरन, फोलिक एसिड र भिटामिन बी12 जस्ता पोषक तत्वहरू मिसाएर बनाइन्छ। यसलाई सामान्य चामलसँग मिसाइँदा चामलको पौष्टिकता बढाइन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande