
नयाँ दिल्ली, 04 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार केन्द्रिय मन्त्री भूपेनद्र यादवको एक लेख साझा गरेका छऩ्, जसमा बताइएको छ कि भारतको मिशन लाइफ (पर्यावरणको निम्ति जीवनशैली) ले कसरी पारम्परिक संरक्षण प्रणालीहरूलाई फेरि जीवन्त गरिरहेको छ।
प्रधानमन्त्रीले भऩे, भूपेन्द्र यादवको यो लेख अवश्य पढ्नुपर्छ, जसमा उनले बताएका छन्, तमिलनाडूको एरी ट्याङ्क सिस्टमदेखि लिएर राजस्थानको जोहड़सम्म भारतका पुराना जल संरक्षण परम्पराहरूलाई मिशन लाइफले नयाँ जीवन दिएको छ। यी परम्पराहरूलाई अब पृथ्वी सेवाको रूपमा हेरिँदैछ।
प्रधानमन्त्री मोदीले एक्समा भनेका छन्, यो लेख अवश्य पढ्नुहोस्। यसमा केन्द्रिय मन्त्री भूपेन्द्र यादवले बताएका छन्, भारतको मिशन लाइफले कसरी शताब्दीऔं पुराना संरक्षण परम्पराहरूलाई फेरि जीवित गरिरहेको छ। उनले यो पनि भने, असली स्थिरता कुराकानीबाट नभएर पोषण र संरक्षणबाट शुरू हुन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी