
आजमगढ़, 04 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको आजमगढ़ जिल्लाको तहबरपुर थाना क्षेत्रको बसही जरमेजरपुर गाउँमा गए राति घरको आंगनमा चारपाईमा सुतिरहेको व्यक्तिलाई गोली दाहेर हत्या गरियो। सूचना पाएर घटनास्थलमा पुगेका वरिष्ठ अधिकारीहरू र फोरेन्सिक टीमले घटनास्थलको जाँच गरे।
प्राप्त जानकारी अनुसार, तहबरपुर थाना क्षेत्रको बसही जरमेजरपुर गाउँ निवासी रामजीत (52) सोमवार राति आफ्नो घरको आंगनमा चारपाईमा सुतिरहेका थिए। अबेर राति लगभग दुई बजी अज्ञात आक्रमणकारीहरूले उनलाई गोली दागे। परिजनले उनलाई गम्भीर अवस्थामा अस्पताल पुऱ्याए, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे। सूचना पाउनसाथ स्थानीय पुलिस घटनास्थलमा पुग्यो, केही बेरपछि वरिष्ठ फुलिस अधीक्षक डा. अनिल कुमार पनि फोरेन्सिक टीमको साथ घटनास्थलमा पुगे।
एसएसपीले पीड़ित परिवारलाई भेटेर सान्तवना दिए औं छिट्टै नै आक्रमणकारीहरूलाई पक्राउ गरिने आशवासन दिए। उनले बताए, मृतकको कुनै सन्तान थिएन औं उनी आफ्ना भाईहरूको परिवारको साथ बस्थे। घटनाको जाँचको निम्ति पुलिस टीमहरूको गठन गरिएको छ र हरेक पहलूबाट जाँच गरिँदैछ। छिट्टै नै घटनाको खुलासा गरी आरोपीहरूलाई पक्राउ गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी